केन्द्रीय प्रसारण लाइनमा बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम २५ मेगावाट बिजुली ल्याउन लागेको हो ।
यसअघि विद्युत प्राधिकरण र भारतको नोडल एजेन्सी एनभिभिएन विद्युत् व्यापार कम्पनी लिमिटेडबीच अन्तरदेशीय प्रसारणलाइनबाट थप ८० मेगावाट बिजुली खरिदबिक्री सम्झौता (पिपिए) भएको थियो । पुस १७ देखि ४० मेगावाट र माघ १९ गतेदेखि ४० मेगावाट गरी ८० मेगावाट बिजलुी ल्याउन सम्झौता भएको थियो ।
तर, बुधबारदेखि २५ मेगावाट मात्र बिजुली थप हुने प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रसारणलाइनको पूर्ण क्षमताअनुरुप ४० मेगावाट विद्युतु आयात गरे बिजुली ‘फल्क्चुयेट’ भइरहने भएकाले प्राविधिकरुपमा समस्या आउन नदिन हाललाई सम्झौताअनुसार १५ मेगावाट कम बिजुली आयात हुने उनले स्पष्ट पारे । ‘सम्झौताअनुसार कम बिजुली आयात भए पनि अब लोडसेडिङ हुँदैन’ उनले थपे । तर, उनका अनुसार रक्सौल–परवानीपुर तथा कसाहा–कटैया प्रसारण लाइन बनेपछि भने चाहिएको खण्डमा थप बिजुली आयात गर्न सकिने छ ।
भारतबाट तीन सय ५५ मेगावाट बिजुली आयात भएकोमा बुधबारदेखि २५ मेगावाट थपिएर तीन सय ८० मेगावाट पुग्ने छ । गत वर्ष तीन सय ४७ मेगावाटसम्म बिजुली आयात भएको थियो ।
नदीको पानी घटेर बिजुली उत्पादनमा केही कमी आए पनि पछिल्लो समयमा माग नबढेकाले लोडसेडिङ व्यवस्थापन हुनेमा प्राधिकरण ढुक्क छ । हाल समग्र विद्युत् प्रणालीमा अझै तीन सय ९९ मेगावाट बिजुली अपुग छ तर पनि आधारभूत रुपमा लोडसेडिङ हटेको छ । विशेषतः माघ, फागुन, चैत र वैशाखमा मागअनुसार बिजुली अपुग भए पनि लोडसेडिङ भने नहुने निश्चित भएको उनले नागरिकसँग बताए । जेठपछि स्वदेशमै बिजुली उत्पादन आठ सय मेगावाट हाराहारी पुग्ने जानकारी उनले दिए । घिसिङका अनुसार उपत्यका लोडसेडिङमुक्त हभइसकेको छ भने उपत्यकाबाहिर तराईमा हाल दैनिक २ घण्टा र उद्योगमा ४ घण्टा लोडसेडिङ छ ।
प्राधिकरणका अनुसार नियमित बिजुली आपूर्ति हुन थालेपछि अहिले माग घटेर एक हजार दुई सय ६५ मेगावाटमा सीमित भएको छ । हाल विद्युत् प्राधिकरणका आयोजनाबाट तीन सय ३४ मेगावाट र निजी क्षेत्रबाट एक सय ७५ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । भारतबाट ल्याइएको बिजुलीसमेत गरेर आपूर्ति आठ सय ६६ मेगावाट भइरहेको छ ।
काठमाडौं उपत्यकामा हाल बिजुली माग साँझ (पिक आवर) मा तीन सय २० मेगावाट छ । उपभोक्ताले पिक आवरमा प्राधिकरणको अनुरोध मानेर विद्युतीय उपकरण कम चलाइदिएका कारण पनि माग घटेको प्राधिकरणको भनाइ छ ।
चालू आर्थिक वर्षमा ९७ मेगावाटका पाँच ठूला आयोजना सम्पन्न भई राष्ट्रिय विद्युत् प्रणालीमा जोडिएको छ । सबै आयोजना नदीका बहावमा आधारित भएकाले सुक्खा याममा औसत ४० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको छ । चालू वर्ष थप १५ आयोजना सम्पन्न भई प्रणालीमा एक सय ४२ मेगावाट बिजुली थपिँदै छ ।
सरकारले लोडसेडिङ अन्त्य गर्न भारतबाट पाँच सय ६० मेगावाटसम्म बिजुली आयात गर्ने सोच बनाएको छ । तर निर्माणधीन आयोजनाहरू समयमै सम्पन्न भए भारतको भर पर्नुपर्ने स्थिति चाँडै अन्त्य हुने प्राधिकरणको आकलन छ ।
हेटौंडा–कुलेखानी–स्युचाटार १३२ केभी प्रसारणलाइन सञ्चालन
हेटौंडा–कुलेखानी–स्युचाटार १३२ केभी क्षमताको प्रसारणलाइन आइतबारदेखि सञ्चालनमा आउने भएको छ । यसबाट काठमाडौंमा बढी भएको बिजुली हेटांैडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज हुनेछ । विद्युत प्राधिकरणले उक्त प्रसारण लाइनको क्षमता बढाएर १३२ केभी गराएको हो । यो प्रसारणलाइनबाट २ सय मेगावट बिजुली प्रवाह हुनेछ ।
पुस १९ गते हेटौडादेखि राजधानीको मातातीर्थसम्म परीक्षण भइसकेको यो प्रसारण लाइन बीचमा रहेका घर भत्काएर सञ्चालनमा ल्याउन लागिएको हो । यो प्रसारणलाइन कुलेखानी दोस्रो आयोजनाको बिजुली राजधानी आपूर्ति गर्न २०४३ सालमा निर्माण भएको थियो । टावरको एकतर्फमात्र तार राखेर सञ्चालनमा ल्याइएको सो लाइनबाट बढीमा १ सय मेगावाटसम्म बिजुली प्रवाह हुदै आएकोमा अब अर्कोतर्फ पनि तार जडान गरेर क्षमता दोब्बर बनाइएको छ । यो प्रसारणलाइन सञ्चालन भएपछि राजधानीमा थप बिजली आपूर्ति गर्न र बढी भएको बिजुली बाहिर पठाउन सहज हुने प्राधिकरणले जनाएको छ ।
वीरगन्ज पनि लोडसेडिङ मुक्त हुने
राजधानी जोड्ने खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएपछि तराईका वीरगन्जलगायत अन्य सहरमा देखिएको भोल्टेज समस्या समाधान भएको छ । यसबाट काठमाडौं र पोखरापछि विरगन्ज पनि लोडसेडिङ मुक्त हुनेछ । विरगन्जमा विशेषतः लो भोल्टेज समस्या थियो । ऊर्जामन्त्री जनार्दन शर्माले २० दिनपछि वीरगञ्ज लोडसेडिङमुक्त हुने बताएका छन् ।
उद्योगी खुसी दक्ष कामदार अभाव
लगातार बिजुली उपलब्ध हुन थालेपछि उद्योगलाई राहत भएको छ । क्षमताको आधामात्र सञ्चालनमा रहेका उद्योगले अब विस्तारै उत्पादन बढाउने नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए । उनका अनुसार उद्योग सत्प्रतिशत क्षमतामा चल्न थाले भने कामदारको माग पनि बढ्छ । तर बजारमा दक्ष कामदारको अभाव छ । शर्मा पनि देशमा दक्ष कामदारको अभाव उद्योगका लागि प्रमुख समस्या हुने बताउँछन् ।
प्राधिकरणमा सर्जिकल स्ट्राइक
लोडसेडिङ आधारभूत रुपमा हटेपछि विद्युत् प्राधिकरण व्यवस्थापन चुहावट नियन्त्रणमा केन्द्रित गरेको छ । प्राधिकरण तथ्यांकअनुसार विद्युत् चुहावट २६ प्रतिशत हाराहारी छ । दसौं वर्षदेखि बढुवाको फारम पनि नभर्ने अनि एकै ठाउँमा बसेर बिजुली चोर्न सघाउने कर्मचारी सर्जिकल स्ट्राइकमा परेपछि प्राधिकरणका कर्मचारी अहिले आन्दोलनमा छन् । बिजुली चोरीमा आफ्नै कर्मचारीको संलग्नता खुलेपछि प्राधिकरणले एकै पटक झन्डै दुई हजार पाँच सय कर्मचारी सरुवा गरेको विरोधमा कांग्रेस र एमाले सम्बद्ध युनियनले विरोध गरेका हुन् । पहुँचवाला उपभोक्तासँगको मिलेमतोमा उठेको बिलभन्दा कम शुल्क लिएको थाहा पाएपछि प्राधिकरणले बुधबार वितरण तथा ग्राहक सेवा विभागअन्तर्गत देशभर कार्यरत मिटर रिडिङलगायत काममा खटिएका पाँच तह तलका दुई हजार चार सय ८० जना कर्मचारी सरुवा गरेको थियो । प्राधिकरण सुधारका लागि लामो समय एउटै कार्यालयमा रहेका कर्मचारी सरुवा गर्दा विरोधमा प्राधिकरणको क्षेत्रीय कार्यालयहरूमा समेत धर्ना दिइएको छ । कर्मचारी युनियनले प्राधिकरण मुख्यालयमा कार्यकारी निर्देशक घिसिङको कार्यालयमा समेत धर्ना दिएका छन् ।
कांग्रेस र एमाले सम्बद्ध कर्मचारी युनियनले फागुनमा प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचन तोकिएको हुँदा कर्मचारी सरुवा गर्न नमिल्ने दाबी गरेका छन् । तर प्राधिकरण व्यवस्थापनले भने माघ १८ पछि मात्र निर्वाचन आचारसंहिता लागू हुने भएकाले त्यसअगावै सरुवा गरेको जनाएको छ । हाल करिब १३ अर्ब रुपैयाँबराबरको करिब २६ प्रतिशत बिजुली चुहावट हुँदै आएको छ । एक प्रतिशत बिजुली चुहावटमा राज्यले ५० करोड रुपैयाँ गुमाउँछ । चुहावट बिजुलीमध्ये आधाभन्दा बढी चोरी हुने गरेको प्राधिकरण्को दाबी छ । गत सोमबार १२ जना वहालवाला तथा निवृत्त कर्मचारीलाई विजुली चोरीमा सघाउ पु¥याएको प्रमाणसहित प्रहरीले पक्राउ गरेको थियो । बुधबार थप तीनजना पक्राउ परेका थिए । अनुसन्धानबाट बिजुली मिटर बिगार्न पूरै च्यानल प्रयोग गरेको खुलेको छ ।

No comments:
Post a Comment