Thursday, July 18, 2024

Will 'Bishnu Bull' sustain?

The 'Bishnu Bull' is in rage as the Nepal Stock Exchange (Nepse) index posted gains of 59.68 points on the last trading day of the week

Not only the index, but the transaction amount has also seen surge to Rs 15.54 billion in a day's trading, today.

The share market has been looking upwards, since the appointment of new finance minister Bishnu Prasad Poudel, on Monday.

As in the past, Bishnu Prasad Poudel has been a lucky finance minister for the share market this time too. The traders have, thus, named the surge in the market as the 'Bishnu Bull'.

However, the question is, 'will this Bishnu Bull sustain?'

May be, may not be.

But today the Nepse gained, as banking stocks surged significantly, closing trading at 2,424,32 points today.

The market has gained on Sunday, the first day of the trading in a week, but dipped on Monday, the second day.

But from Tuesday, the remaining three days, the market witnessed a surge of a total of 183.90 points, and closed at 2424.32 points, some 2.52 per cent higher from the opening.

Share prices of 143 companies advanced on the day, while 95 declined and five remained unchanged, according to the Nepse data. 

Share prices of five companies hit the positive circuit of 10 per cent whereas share prices of all 19 commercial banks increased on the day, with Nepal Investment Mega Bank (NIMB) hitting the positive circuit of 10 per cent.

Likewise, Nepal Finance logged the highest turnover of the session with Rs 424.68 million worth of shares traded. 

Upper Tamakoshi Hydropower and Ngadi Group Power followed Nepal Finance with turnovers of Rs 389.10 million and Rs 303.26 million, respectively.

The Finance and Hydropower sub-indices posted losses, while remaining 11 sub-indices closed the day in the green.

The biggest gain came from the Banking sub-index, which was up by a massive 6.28 per cent, though the balance sheets of the banks are not expected to show any significant gain.

Microfinance and Others sub-indices, with gains of 2.77 per cent and 203 per cent, respectively, followed the Banking sub-index. 

"Today, shares worth Rs 15.54 billion were traded on the bourse through 184,712 transactions," according to the Nepse.

KOICA Nepal Office holds pre-departure orientation for health ministry officials

KOICA Nepal Office conducted a pre-departure orientation programme for 15 government officials from the ministry of Health and Population today, at KOICA Nepal Office.

The orientation programme was organised under KOICA Capacity Improvement and Advancement for tomorrow (CIAT, a Fellowship Programme), which supports ministry of Health and Population on 'Capacity Building on Strengthening Health Emergency Coordination and Operation System in Nepal'.

This new CIAT multiyear programme, starting from 2024 and continue till 2026, aims at training 45 government officials by 2026 from the ministry of Health and Population in Health Emergency Coordination and Operations System of Nepal, according to a press note issued by the KOICA Office.

"The capacity building training programme is designed to enhance Nepal's health policy and system based on Korea's experiences," it claims, adding that the programme will take place in Korea from July 21 to August 3 and the officials will be departing to South Korea on July 20 (Saturday).

The orientation programme aimed to ensure that the government officials are well-prepared for the cultural and societal differences they may encounter in South Korea. It equipped them with knowledge about Korean culture, intercultural communication skills, and academic expectations. 

Country Director of KOICA Nepal Office Mooheon Kong, on the occasion, emphasised the importance of implementing and disseminating the knowledge gained in Korea to improve and strengthen the health services in Nepal.

Simultaneously in June 2024, 15 government officials from the ministry of Education, Science, and Technology, including CTEVT, participated in a similar training programme titled 'Capacity Building of TVET Instructors on E-learning in Nepal'. Health, Education, Agriculture, Governance, Environment are few important sectors that KOICA focuses on implementing this CIAT programme.

Since 1991, the KOICA fellowship programme has supported over 2600 Nepali government officers through various programmes, including Country Specific Programmes, Multi Country Programmes, and Scholarship programmes.

KOICA remains committed to supporting human resource development in Nepal via these kinds of programms, the press note adds.

Monday, July 15, 2024

अर्थमन्त्रालयमा विष्णु पौडेलको पाँचौ इनिङ : अर्थतन्त्रको ‘स्लो पिच’मा हान्लान् त छक्का ?

सुन्दा अचम्म लाग्न सक्छ । तर, नेपालमा यो सामान्य हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भईसकेका छन् भने सोमबार केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गरे ।

ओलीले चौथो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा उनका सारथी विष्णु पौडेलले पाँचौ पटक अर्थमन्त्रीको सपथ ग्रहण गरेका छन् ।

ओली मन्त्रीपरिषदमा उपप्रधानमन्त्रीसहितको कार्यभार सम्हालेका पौडेलको सिंहदरबार यात्रा २०५३ सालमै सुरु भएको हो । २०५३ सालमा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको मन्त्रीपरिषदमा युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेर मैदानमा उत्रिँदा पौडेल युवा नै थिए ।

त्यसैले २०८१ साल असार ३१ गते करिब तीन दशकपछि आठौं पटकको सिंहदरबार यात्रालाई अविस्मरणीय बनाउन उनी कति प्रतिबद्ध छन्, त्यो त आगामी दिनले देखाउला नै ।

किनकि यसअघि २०७९ पुसमा चौथो पटक अर्थमन्त्री बनेका पौडेलेको कार्यकाल छोटो रह्यो । तर, यसपटक उनी उपप्रधान तथा अर्थमन्त्री बन्दा पनि अनौठो संयोग बनेको छ ।

अघिल्लो दिन आइतबारसम्म पनि अध्यक्षले चाहे सघाउन सरकारमा जान तयार रहेको तर आफ्नो मन्त्री बन्ने धेरै इच्छा नभएको बताएका पौडेलले यसपटक अर्थमन्त्री पाउने/नपाउनेमा ढुक्क थिएनन् ।

यसपटक नेकपा एमालेले मन्त्री छान्ने सबै जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । अध्यक्ष ओलीले आफ्नो सरकार सफल बनाउन अर्थमन्त्रीमा कस्ता सारथी छान्लान् भन्ने धेरैको आ-आफ्नै अनुमान थिए । किनकि, पछिल्ला वर्षहरुमा अर्थमन्त्रीका धेरैजसो निर्णय नीतिगत भ्रष्टाचारमा लिप्त हुन थालेपछि अर्थ मन्त्रालय विवादमा आउने गरेको छ । र समग्र सरकार नै परिवर्तन भएको चर्चा राजनीतिक वृत्तमा व्यापक छ ।

त्यसमाथि अर्थतन्त्रको सुधारमा दह्रो मुटु राखेर अगाडि बढ्नु पर्ने अप्ठयारो परिस्थितीमा अर्थमन्त्री विभिन्न ब्यापारिक घराना तथा स्वार्थ समूहको खेलौना भएका कारण पनि पछिल्ला वर्षहरुमा अर्थमन्त्री बदनाम भएका छन् भने अर्थ मन्त्रालय आफ्नो निर्दिष्ट तथा लक्षित कार्यक्रम एवं बजेट कार्यान्वयनमा असफल हुँदै गएको छ । जसकारण समग्र निजी क्षेत्रको मनोबल घट्दै गएको छ, नेपालमा ब्यावसायिक वातावरण बिग्रँदै गएको छ ।

स्वाभाविक हो, अर्थतन्त्रमा ८१.५५ प्रतिशत योगदान दिने निजी क्षेत्रको मनोबल घटेपछि अर्थतन्त्र चलायमान हुन सकेको छैन । मनोबल बढ्न नसकेपछि निजी क्षेत्र लगानी गर्न हच्किएको छ । त्यसैले मुलुकमा नयाँ रोजगारी सिर्जना हुन सकेको छैन भने सरकारको आम्दानी राजश्व पनि बढ्न सकेको छैन ।

चालु अर्थिक वर्षका लागि सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते सोमबार (आजसम्म) १० खर्ब ३० अर्ब रुपैयाँमात्र उठाउन सफल भएको छ ।

चालु आर्थिक वर्षको राजश्व उठ्तीको प्रवृत्ती हेर्दा राती १२ बजेसम्ममा लक्ष्यको ७५ प्रतिशत राजश्व उठ्ने देखिन्छ । एकातिर विकास निर्माणका लागि सरकारलाई स्रोतको अभाव बढ्दै गएको छ भने अर्कोतिर राजश्व परिचालनमा अर्थ मन्त्रालय आसफल बन्दै गइरहेको परिप्रेक्ष्यमा अर्थमन्त्रीका रुपमा पौडेलको पाँचौ कार्यकाल चुनौतीले भरिपूर्ण रहेको छ ।

सरकारले राजश्व आम्दानी गर्न नसकेको मात्र होइन बजेट खर्च गर्न पनि सकेको छैन । खर्च भएका बजेट उत्पादक तथा अर्थतन्त्र चलायमान बनाउनेभन्दा पनि अनुत्पादक तथा अनौपचारिक अर्थतन्त्रलाई बढावा दिने प्रकृतीका छन् ।

त्यसैले अर्थमन्त्री पौडेलले निश्चित ब्यापारिक घराना हेरेर होइन, समग्र निजी क्षेत्रलाई नै प्रतिस्पर्धी बनाउने नीति ल्याउन सके मात्र मुलुकमा आर्थिक गतिविधि चलायमान हुन्छ ।

चालु आर्थिक वर्षमा बाह्य क्षेत्रमा सुधार भएको भए पनि अर्थतन्त्रको आन्तरिक क्षेत्र सुस्त नै छ । हुन त बाह्य क्षेत्र सुधारमा पनि सरकारको कुनै पनि प्रत्यक्ष्य योगदान छैन ।

किनकि, मुलुकमा रोजगारी नभएर विदेशीएका युवाले पठाएको रेमिट्यान्सको भरमा बाह्य क्षेत्रमा सुधार भएको हो । हालको रेमिट्यान्स आयको प्रवृत्ति हेर्दा विदेशिएका युवाले चालु आर्थिक वर्षमा १५ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने देखिन्छ ।

त्यसैले सरकारको ब्यवसायमैत्री नीतिले उत्पादन बढेर निर्यात प्रबर्धन भएर वा पर्यटन पूर्वाधारको विकासले पर्यटकको आगमन उल्लेख्यरुपमा बढेर बाह्य क्षेत्रमा सुधार भएको भए यसको दीगोपनाको वा सरकारको योगदानको चर्चा गर्न सकिन्थ्यो । तर, स्थिति त्यस्तो छैन ।

जनसंख्याको ठूलो हिस्सा विदेशिएका कारण पनि बजारमा माग सिर्जना हुन सकेको छैन । माग सिर्जना नहुँदा उत्पादनमा पनि संकुचन आएको छ । उद्योगहरु पूर्णक्षमतामा संचालन हुन सकेका छैनन् । जसको कारण अर्थतन्त्र एउटा गोलचक्करमा फसेको छ ।

तसर्थ पनि अर्थमन्त्रीमा पाँचौ इनिङ पौडेलको लागि फलामको च्यूरा सावित हुने अनुमान गर्न सकिन्छ ।

बाह्य क्षेत्रको सुधारको दीगोपनामा शंका भए पनि बाह्य क्षेत्र सुधारीएको फाइदा लिएर आन्तरिक क्षेत्र सुधारमा प्रयत्न गर्न सकिन्थ्यो । तर, नेपालको दुर्भाग्य, अर्थतन्त्र सुधार गर्ने दह्रो मुटु भएको अर्थमन्त्री पाउनै सकेन देशले ।

अर्थमन्त्रीहरु ब्यापारिक घरानाका मुन्शी वा स्वार्थ समूहको नीतिगत भ्रष्टाचारका साक्षीमात्र भएका कारण सिंहदरबारमा फोटो झुण्ड्याउने बाहेक खासै केहि उल्लेखनीय काम गर्न सकेनन् । कसै कसैले केहि गर्न खोजे पनि प्रधानमन्त्री हावी भए ।

त्यसैले, २०६४ सालदेखि पछिका सबैजसो सरकारको नीति अर्थतन्त्र सुधार गर्नेभन्दा पनि राज्यका स्रोत साधन दोहन गर्नमा केन्द्रीकृत भएका कारण अर्थतन्त्र चलायमान हुन सकेन । अझ २०७४ साल पछि त खुलेआम नीतिगत भ्रष्टाचार संस्थागत हुन थाल्यो ।

उदाहरणको लागि हेरौं न, एउटा नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष चयनमा वर्तमान तथा पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको अनावश्यक र रहस्यमय रुची, राजनीतिक खेलकुद तथा हस्तक्षेप ।

त्यसैले, अर्थमन्त्रीका रुपमा पौडेलले मुलुकमा उद्यम गरेर खाने वातावरण बनाउँदा कुनै पनि ब्यावसायिक घरानाको स्वार्थमा धक्का पुग्दैन । बरु झन् ब्यवासायिक घरानाको पनि बजार बढ्छ भनेर बुझाउन सके भने उनको कार्यकाल आधा सफल हुन्छ ।

त्यसपछि, बढ्दो चालु खर्च र चालु खर्चको प्रोडक्टिभिटी र इफिसियन्सीमाथि निर्मम समीक्षा जरुरी छ ।

आर्थिक वर्ष २०८१/८२ देखि सरकारले विगतमा लिएको आन्तरिक तथा बाह्य ऋणको साँवाब्याज तिर्नमात्रै ५ खर्ब रुपैयाँभन्दा बढी खर्च हुने देखिन्छ । २०७४ मा ओली प्रधानमन्त्री भएपछि अन्धाधुन्धा ऋण लिने र अनुत्पादक क्षेत्रमा खर्च गर्ने कुप्रथा सुरु भएको थियो ।

ओलीको ४३ महिने कार्यकालमा पाैडेल पनि छोटो समय अर्थमन्त्री बनेका थिए । र, त्यो ४३ महिनामा २५० प्रतिशतले ऋण बढेको थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ९७ अर्ब ६९ करोड रुपैयाँ बराबर रहेको राष्ट्रिय ऋण १६ खर्ब पुगेको थियो । अहिले राष्ट्रिय ऋण २४ खर्ब रुपैयाँ नाघिसकेको छ ।

विगतमा पार्टी महासचिव र अर्थमन्त्रीकारुपमा अन्धाधुन्ध राष्ट्रिय ऋण लिनका लागि रोक्न पाैडेलले खासै भूमिका खेलेको देखिँदैन ।

अर्कोतिर २०५१ सालमा तत्कालीन मनमोहन अधिकारीको सरकारले वृद्धभत्ता बाँडेर वाहवाही कमाएको थियो । नेकपा एमालेले यसैलाई बेचेर अहिलेसम्म पनि राजनीतिक लाभ लिइरहेको छ । त्यसपछिका अन्य सरकारले पनि वृद्ध तथा सामाजिक सुरक्षा भत्ता बढाउन प्रतिस्पर्धा गर्दा अहिले राष्ट्रको ढुकुटीबाट वार्षिक ३ खर्ब रुपैयाभन्दा बढी खर्च हुँदै आएको छ ।

राष्ट्रिय आम्दानी बढाउन ध्यान नदिने र आफ्नै खल्तीको जसरी राष्ट्रको ढुकुटीको पैसा बाँड्ने विकृति अब देशले धान्नसक्ने अवस्था छैन । आफ्नै पार्टी एमालेले ल्याएको सामाजिक सुरक्षा भत्ताकाे दायित्व प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेललाई फलामको च्यूरा बन्ने खतरा छ ।

के विष्णु पौडेलले चलायमान बनाउलान् त अर्थतन्त्र ?

त्यसैले, नेपालमा यतिखेर प्रधानमन्त्रीको हस्तक्षेपबिना काम गर्न सक्ने, निजी क्षेत्रमैत्री तथा जोखिम लिन सक्ने अर्थमन्त्री चाहिएको छ । पौडेलले आफ्नो पाँचौ कार्यकाल सुरु गर्दै गर्दा यी चुनौती कसरी सामना गर्दछन्, त्यसैबाट उनको यो कार्यकालको समीक्षा हुनेछ ।

किनकि, पौडेललाई सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने चुनौती एकातिर छ भने नीतिगत भ्रष्टाचारसँग लड्दै जोखिम लिएरै भएपनि अर्थतन्त्रका संरचनागत सुधार गर्ने अर्को चुनौती छ ।

निर्माण व्यवसायीका भुक्तानीका समस्या, लघुवित्त र सहकारीका समस्याजस्ता अर्थतन्त्र र बजारलाई सिधै तल्लो तहमा समेत संकट पारेका क्षेत्रको उद्दार गर्न उनी कति केन्द्रित हुन सक्छन् र प्रधानमन्त्रीको कत्तिको साथ पाउँछन्, त्यसले उनलाई सफल वा असफल बनाउने स्पष्ट छ ।

सपथग्रहण गरेर पौडेल अर्थमन्त्रालय पस्दा चालु आर्थिक वर्षको अन्तिम दिन परेको छ । नयाँ आर्थिक वर्षसँगै बजेट कार्यान्वयन गर्ने अर्को चुनौती पौडेलमा छ । अघिल्ला अर्थमन्त्री वर्षमान पुनले केहि स्वार्थी समूहको लागि परिवर्तन गरेका आर्थिक ऐनलाई पौडेलले कसरी समायोजन गर्दछन्, त्यसले पनि उनको कार्यकालको समीक्षा हुनेछ ।

बजेट आइसेकेको भए पनि आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारीमा नेपाल राष्ट्र बैंक छ । मौद्रिक नीतिले वित्त नीतिलाई सघाउने हो । किनकि, मौद्रिक नीतिका निश्चित सीमा हुन्छन् । बाह्य क्षेत्र बलियो भयो भनेर माैद्रिक नीतिमार्फत सस्तो ब्याजमा बजारमा वालछ्याल पैसा पठाउँदा देशको अर्थतन्त्रमा कस्तो संकट आउँछ भनेर हेर्न अन्त कतै जानु पर्दैन ओली प्रधानमन्त्री भएको बेला गभर्नर महाप्रसाद अधिकारीले ल्याएको पहिलो मौद्रिक नीति हेरे पुग्छ ।

अहिले विगतमा जस्तो मौद्रिक नीति चलाउन सक्ने अवस्थामा अर्थमन्त्री छैनन् । किनभने, अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ५० करोड अमेरिकी डलर सहायता लिन अर्थमन्त्री र गभर्नरले कडा शर्तमा सहमति जनाएका छन् । यतिसम्म कि कुनै पनि नयाँ नीति, नियम बनाउँदा आइएमएफसँग सल्लाह गर्ने शर्तमा हस्ताक्षर गरेका छन् ।

आइएमएफले नेपालको वित्तीय क्षेत्रको सुधारमा दबाब बढाउँदै लगेको छ । र, वित्तीय क्षेत्रको सुधारले मात्रै नपुगेको भन्दै वित्त क्षेत्रको सुधार गर्नुपर्ने पनि आइएमएफले सुझाव दिँदै आएको छ ।

पछिल्ला केहि वर्षदेखि बजेटभन्दा पनि मौद्रिक नीतिमा निजी क्षेत्रको चासो बढेको छ । वास्तवमा बजेट अर्थात् अर्थ मन्त्रालयको असफलताले निजी क्षेत्रको चासो मौद्रिक नीति अर्थात् राष्ट्र बैंकतर्फ बढेको हो । अर्थमन्त्रालयप्रति विश्वास जगाउन पौडेलसँग के योजना छ, यसले पनि उनको कार्यकालको समीक्षा हुनेछ ।

नेपालको अर्थतन्त्र आर्थिक कृयाकलापमा नभइकन जग्गा कारोबारी र बिचाैलियाको जालोमा फसेका कारण पनि अर्थमन्त्रीलाई अर्थविदभन्दा बिचौलियाले चलाएको धेरै अर्थविद्हरुको धारणा छ । त्यसैले संरचनागत परिवर्तन नभएसम्म अर्थतन्त्रले गति लिने विश्वास गर्न सकिन्न । यसका लागि आर्थिक सुधारको खाँचो छ । तर, राजनीतिक दलका कार्यकर्ता र बिचौलियाले घेरिएको अर्थमन्त्रालयले आर्थिक सुधार गर्न सक्दैन भन्ने आम सर्वसाधारणको बुझाइ छ ।

त्यसैले पनि पौडेललाई काम गर्न सहज छैन ।

र, यसकारण पनि पौडेलले अर्थतन्त्रको ‘स्लो पिच’मा खेल्न गाह्रो छ कि यो गठबन्धन सरकार हो । हुनत आर्थिक सुधारमा सत्ता सहयात्री नेपाली काँग्रेसको कुनै रोकावट नहुनु पर्ने हो । किनभने आर्थिक सुधार नेपाली काँग्रेसको पनि एजेन्डा हो । तर, नेपाली काँग्रेसभित्र पनि बिचाैलियाको ठूलै समूह छ जो अर्थतन्त्रको बारेमा पटक्कै चिन्तित छैन ।

तत्कालका लागि सुस्त भएको अर्थतन्त्रलाई चलायमान बनाउन सेयर बजार, जग्गा कारोबार र हायर पर्चेजले काम गर्ला । तर, दीर्घकालमा उत्पादन र उत्पादकत्व नबढाए सेयर बजार, जग्गा कारोबार र हायर पर्चेजले मात्र अर्थतन्त्रलाई धानेर राख्न सक्दैन । त्यसैले पनि सत्ता सहयात्री नेपाली काँग्रेसको पूर्णसहयोगमा आर्थिक सुधारका योजना बनाउनु पौडेलको पहिलो प्राथमिकता हुनुपर्छ ।

नेकपा एमालेका उपाध्यक्ष तथा एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन हुँदा महासचिव भइसकेका पौडेलले ३० को दशकमा तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी २०४७ मा एमालेको केन्द्रीय सदस्य बनेका थिए ।

त्यसैले राजनीतिमा पौडेल पुराना र अनुभवी खेलाडी हुन् । तर, निरन्तर बदलिँदो आर्थिक संरचना र सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन यसपटक पौडेलले धेरै मिहेनत गर्नु पर्ने देखिन्छ ।

प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही- २ बाट निर्वाचित पौडेलले अर्थतन्त्र सुस्त भएको बेलामा अर्थमन्त्रीको रुपमा आफ्नो करियरको पाँचौ इनिङ सुरु गर्दा राजनीतिक सुझबुझका साथै निर्मम भएर अर्थतन्त्र सुधारका काम गर्दा मात्र केपी ओलीको सरकारमात्र नभएर देश नै सफल हुन्छ ।

अन्यथा, नेपालको बजेटरी इतिहासमा पहिलो अर्थमन्त्री सुवर्ण शमशेरदेखि आजसम्म भएका अर्थमन्त्रीहरु कतिजनाको नाम नेपालीलाई याद छ र ?


अर्थनीतिको बेमेल

नेपाली काँग्रेस तथा नेकपा एमाले सम्मिलित सरकार बनेसँगै अब बजारमात्र होइन आर्थिक नीतिमा पनि समन्वयन गर्नु पर्ने हुन्छ। हुनत संविधानमा समाजवादउन्मूख अर्थतन्त्र लेखिएको छ । तर, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सैद्दान्तिक जगमा उभिएको नेपाली काँग्रेसको आर्थिक नीति २०४६ सालको परिवर्तनपछि उदार अर्थतन्त्रमा रुपान्तरित भएको छ । २०४८ सालदेखि नै नेपाली काँग्रेसमा समाजवादी धारका नेताहरुको पकड कम हुँदै गएको हो ।

२०४८ सालको नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइरालको सरकारका पालमा लिइएको उदार अर्थनीतिका कारण नेपालको अर्थतन्त्रमा सकारात्मक परिवर्तनहरु धेरै भएको भए तापनि सामयानुकुल सुधार हुन नसक्दा तथा उदार अर्थनीति लागू गर्ने क्रममा भएका केही त्रुटीहरु समयमै नसच्याइएका कारण उदार अर्थनीति माथि पार्टीभित्रै बुझाइमा एकरुपता छैन ।

एउटै पाटीभित्रै त एकरुपता छैन भने नेकपा एमाले अर्थात् कम्युनिष्ट स्कुलिङबाट आएको पार्टीले नेपाली काँग्रेसको आर्थिक नीतिमा सहमति जनाउने सैद्दान्तिक आधार पनि छैन । तर, नेकपा एमाले सैद्दान्तिकरुपमा कम्युनिष्ट भए पनि उसका ब्यवहार तथा आर्थिक नीतिमा पनि एकरुपता छैन । र, काँग्रेसले गरेको निजीकरणलाई उद्योगधन्धा बेचेको आरोप लगाउँदै आएको छ । यस्तो अवस्थामा गठबन्धन सरकारले निजीकरणलाई कसरी एउटै दृष्टिले हेर्न सक्छ ?

यसैबिच, विपक्षी र आलोचकहरुले यो गठबन्धन काम गर्न नभइ भ्रष्टाचारका ठूला फाइल रोक्न र मिलिभगत राज्यकोषको दोहन गर्न बनेको आरोप लगाइसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै यही असार २८ गते संसदमा भनेका छन्- ‘दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो । जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदै हुँदैन ।’

नेकपा एमालेको सैद्दान्तिक रुझान कम्युनिष्ट भए पनि पछिल्लो समय केपी ओली प्रधानमन्त्री भएपछिका दिनमा निजी क्षेत्रसँगको बढ्दो हिमचिमले निजी क्षेत्रमैत्री बन्ने प्रयास गरेको देखिन्छ । त्यसैले आजको दिनमा सरकारले चुरोट, जुत्ता बनाउने होइन, नीति बनाउने हो र निजी क्षेत्रलाई काम गर्न दिने हो भन्ने मान्यता नेकपा एमालेमा पनि विकसित भएको देखिन्छ ।

तर, सैद्दान्तिक आधार नभएका कारण नेकपा एमालेले निजी क्षेत्रमैत्री बन्दै गर्दा केहि त्रुटिहरु गरेको छ । २०७४ सालपछि केपी ओली प्रधानमन्त्री हुँदा निजी क्षेत्रको नाममा केहि ब्यापारिक घरानाको लागि फाइदा हुने नीति ल्याएका उदाहरणहरु प्रसस्त छन्। त्यसैमध्ये गिरीबन्धु टी स्टेटकाे विवाद भर्खरैमात्र छताछुल्ल भएकाे छ ।

त्यसैले पौडेललाई पाँचौ पटक अर्थमन्त्री बन्दा प्रधानमन्त्री ओलीको कत्तिको साथ रहन्छ भन्ने प्रश्न पनि महत्वपूर्ण छ । वा, अर्थमन्त्रीका रुपमा अहिलेको अर्थतन्त्रको समस्यालाई निकै गहिरोसँग बुझ्नेगरी अध्ययन गरेर जिम्मेवारी सम्हालेका छन् कि पहिलेको जस्तै ‘चलि त हाल्छ नि’ भन्ने सोचले आएका छन्, त्यो हेर्न कम्तिमा हनिमुन अवधि कुर्नैपर्ने हाेला ।

एकातिर गठबन्धन सरकारका सैद्दान्तिक, ब्यवस्थापकीय तथा ब्यावहारिक बाध्यता अर्कोतिर आफ्नै प्रधानमन्त्रीको हठीपनाका कारण अर्थमन्त्री पौडेलले अर्थतन्त्रको स्लो पिचमा कति रन बनाउलान् त ?

जबसम्म पिचमा दुबै खेलाडी एउटै गतिमा दौडेर रन लिने अनि एउटै लयमा ब्याटिंग गर्ने तादात्म्यता कायम गर्न सक्दैनन्, एउटै खेलाडीले मात्रै खेल जिताएको कमै रेकर्ड छ ।

तर, काँग्रेस-एमालेको गठबन्धनलाई विगतमाजस्तो अहिले गल्ती गर्ने छुट त छैन नै, त्यो भन्दा पनि ठूलो चुनाैति राम्रो काम गरेर युवाहरुको मन जित्नु र अर्थतन्त्रलाई ट्र्याकमा ल्याउनुपर्ने छ ।

होइन भने २०८४ को चुनाव सुखद् नहुने निश्चित छ !


पाैडेलकाे सत्ता यात्रा

२०८१ मा असार ३०, प्रधानमन्त्री केपी शर्मा ओली सरकारका अर्थमन्त्री

२०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारका अर्थमन्त्री

२०७८ मा प्रधानमन्त्री केपी शर्मा ओली सरकारका अर्थमन्त्री

२०७७ मा प्रधानमन्त्री केपी शर्मा ओली सरकारका अर्थमन्त्री

२०७२ मा प्रधानमन्त्री केपी शर्मा ओली सरकारका अर्थमन्त्री

२०६७ मा प्रधानमन्त्री झलनाथ खनाल सरकारका रक्षामन्त्री

२०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारका जलस्रोत मन्त्री

२०५३ मा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द सरकारका युवा, खेलकुद तथा संस्कृति मन्त्री

(Published: https://clickmandu.com/2024/07/327198.html)

Thursday, July 11, 2024

SAARC-ADB consultation workshop on climate change concludes

SAARC member states met in Thimphu from 10th to 11th July 2024 to review the status of the implementation of the Thimphu Statement on Climate Change 2010.

The member states discussed the national-level initiatives taken by each member state and exchanged best practices to fight climate change through regional cooperation.

The consultation workshop finalised a set of recommendations to take forward the implementation of the Thimphu Statement on Climate Change, according to a press note issued by the SAARC Secretariat in Kathmandu. "The findings and the recommendations will be adopted at the SAARC Intergovernmental Expert Group on Climate Change Meeting proposed to be held sometime later this year."

The SAARC Secretariat in Kathmandu facilitated the two-day long consultation workshop held with financial and technical support from ADB, the press note reads, adding that the chairperson of the Royal Civil Service Commission, formerly the director-general of the Department of Environment and Climate Change, Ministry of Energy and Natural Resources, graced the inaugural session of the workshop.

The 16th SAARC Summit held in Thimphu in 2010 adopted the Thimphu Statement on Climate Change towards a green and happy South Asia.

IMF completes the fourth review of ECF, releases Rs 5.51 billion

The Executive Board of the International Monetary Fund (IMF) on Tuesday completed the fourth review under the four-year Extended Credit Facility (ECF) for Nepal, allowing the authorities to withdraw the equivalent of SDR 31.4 million (about $41.3 million), which is approximately Rs 5.51 billion.

This brings total disbursements under the ECF for budget support thus far to SDR 188.3 million (about $247.7 million).

The ECF arrangement for Nepal was approved by the Executive Board on January 12, 2022 for SDR 282.42 million (180 per cent of quota or about $371.6 million).

Nepal has made good progress with implementation of the programme, which has helped mitigate the impact of the pandemic and global shocks on economic activity, protect vulnerable groups, and preserve macroeconomic and financial stability, a press note issued by the IMF reads.

The programme is also helping to catalyse additional financing from Nepal’s development partners.

The economy continues to face challenges as growth, projected around 3 per cent in fiscal year 2023-24, remains below potential in the context of subdued domestic demand and post-pandemic balance sheet repairs, it reads, adding that economic activity is expected to pick up with growth reaching 4.9 per cent in the fiscal year 2024-25, supported by stronger domestic demand. "The cautiously accommodative monetary policy stance, planned increase in capital expenditure in the fiscal year 2024-25 budget, additional hydropower generation, and a continued increase in tourist arrivals are expected to boost domestic demand and growth."

Inflation is expected to remain within the Nepal Rastra Bank’s (NRB) target ceiling of 5.5 per cent, it adds.

However, the IMF warns of domestic risks dominating the outlook.

"Failure to raise the execution rate of capital projects would deprive the economy of much-needed stimulus and weigh on growth," it warns, adding that fragile political stability could disrupt policy continuity and reform implementation. "Intensification of financial sector vulnerabilities such as a further rise in NPLs or more failures of cooperative lenders could endanger banking system soundness."

Externally, high commodity prices could slow the recovery in energy-intensive sectors. Nepal remains vulnerable to natural disasters.

“Nepal has made important strides on its economic reform agenda," said deputy managing director and acting chair Bo Li, following the Executive Board discussion.

"Decisive actions in monetary policy, bank regulation and rolling off Covid support policies played a major role in overcoming urgent balance of payments pressure in fiscal year 2021-22," Li said, adding that reserves continue to rise without the need to use distortive import restrictions. "Fiscal discipline was maintained in fiscal year 2022-23 and so far in fiscal year 2023-24, despite revenue shortfalls. "Bank supervision and regulation have improved with the rolling out of new supervisory information systems, the Working Capital Loan Guidelines and Asset Classification Regulations."

Nepal’s medium-term outlook remains favourable as strategic investments in infrastructure, especially in the energy sector, are expected to support potential growth.

“With growth below potential, executing the planned increase in capital spending, as envisaged in the fiscal year 2024-25 budget, while maintaining fiscal discipline through domestic revenue mobilisation and rationalisation of current spending remains critical to boost growth and preserve medium-term fiscal sustainability," Li said, adding that strengthening public investment management will support the needed boost to capital spending. "Enhancing fiscal transparency will help contain fiscal risks and further strengthen medium-term fiscal sustainability."

“As monetary policy transmission is still weak in a context of balance sheet repair, a cautious and data dependent monetary policy remains appropriate to preserve price and external stability," he adds.

Saying that continuing to strengthen Nepal’s financial system remains a top priority, he said, financial policy should remain vigilant and focused on building regulatory frameworks that promote sustainable credit growth while proactively addressing emerging vulnerabilities in the savings and credit cooperatives sector. "Maintaining recent reforms regarding lending practices and asset classification is important as preparations for the loan portfolio review of the ten largest banks continue."

The IMF also welcomed Nepal’s commitment to strengthen its AML/CFT framework. "Amendments to a set of fifteen laws, including on money laundering, have been recently enacted—and secondary legislation is under preparation—to bring Nepal’s AML/CFT legal framework in line with international standards, Li said, "It remains critical to ensure the effectiveness of the new legal framework."

The IMF has also suggested reforms to implement the 2021 IMF Safeguards Assessment recommendations regarding the Nepal Rastra Bank (NRB) Act and NRB audit are a priority.

“Continued progress on the structural front remains needed to foster investment and more inclusive growth," Li said, adding that these include improving the business climate, building human capital, and continuing to improve social safety nets, in particular aiming for full execution of the child grant budget, followed by an expansion of the programme to all districts in Nepal.

Wednesday, July 10, 2024

डेडिकेटेड ट्रंकलाइन विवादः गल्ती छोप्न अर्को गल्ती गर्दा गिजोलियो, किन सुल्झाउन चाहँदैनन् कुलमान ?

नेपाल विद्युत प्राधिकरणले मंगलबार राति रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुलीको लाइन काट्यो । प्राधिकरणले उद्योगहरुमा बिजुलीको लाइन काटेको यो पहिलो पटक होइन । यसअघि २०८० पुसमा पनि उद्योगहरुले प्रयोग गरेको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नबुझाएको भन्दै लाइन काटेको थियो ।

थप केहि उद्योगका लाइन काट्ने तयारीमा प्राधिकरण छ ।

प्राधिकरण र उद्योगीबीच विवाद बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्त्रिपरिषदले पुस २४ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग बनायो । मन्त्रिपरिषद्ले बनाएको लाल संयोजकत्वको जाँचबुझ आयोगमा सिँचाइ सचिव र वाणिज्य सचिव सदस्य थिए ।

आयोगले ३ महिना १२ दिन लगाएर वैशाख २३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझायो । उद्योगीहरु अब समस्या समाधान हुनेमा ढुक्क भए ।

किनभने, उनीहरु यो विवादले ‘परेसान’ भएका थिए । उद्योगको बिजुली काटे पनि सर्वसाधारणले भोग्दै आएको लोडसेडिङ अन्त्य गरेर कुलमानले लोकप्रियता कमाएका थिए । एक समय कुलमानको लोकप्रियता यति उचाइमा थियो कि उनले जे भने पनि आम जनताले पत्याउँथे । कतिपय उद्योगीले सडकमा हिँड्दा पनि सर्वसाधारणले बिजुलीको बिल नतिर्ने मान्छे आयो भनेको सुन्नु परेको थियो ।

आफ्नो लोकप्रियताको अहंले प्राधिकरण नेतृत्वले गलत अफवाह फैलाएर आफूहरुको इज्जत र प्रतिष्ठामा आँच पुर्‍याउने काम गरेको उद्योगीहरु बताउँछन् । किनकि कतिपयले त बिजुलीको बिल नतिर्ने भन्दै उद्योगीहरुको फोटो सामाजिक सञ्जालमा भाइरलसमेत बनाएका थिए । उद्योगीहरुले अहिलेसम्म देशमा सिर्जना गरेको रोजगारी र राज्यलाई तिरेको करका बारेमा कसैले बोल्दैनथे ।

कुलमानको लोकप्रियतासँग उद्योगीहरु पनि डराए । त्यसैले उनीहरु प्रक्रियागत र कानुनी उपचारको लडाइमा केन्द्रित भए ।

तर, कुलमान रोकिएनन् । सुरुमा गरेको गल्ती छोप्न एकमाथि अर्को गल्ती गर्दै गइरहे ।

जसरी उद्योगीहरुले कानुन मान्नु पर्छ त्यसैगरी प्राधिकरणले पनि कानुन मान्नु पर्छ । खरिदकर्ता तथा बिक्रीकर्ता दुबै एउटा करार कानुनमा बाँधिएका हुन्छन् । र त्यो पालना गर्नु दुबैको दायित्व हो

कुलमानको हठले ‘फर्जी बिल’ जारी हुँदा डेडिकेटेड र ट्रंक लाइनको अर्बौं भुक्तानी विवाद, यस्तो छ नालीबेली

प्राधिकरण र उद्योगीबीच पहिलो विवाद थियो अतिरिक्त शुल्क लाग्ने समयावधिको । आयोगले २०७२ साउनदेखि २०७२ पुससम्म, २०७२ माघदेखि २०७५ वैशाखसम्म र २०७५ जेठदेखि २०७७ असारसम्मको फरक–फरक समयावधिको विस्तृत अध्ययन गरेको थियो । नियमित शुल्क त उद्योगीहरुले तिरिरहेकै थिए । त्यसैले प्रिमियम तिर्ने समयावधि गणना कहाँबाट हुन्छ भन्ने विवादमा लाल आयोगले स्पष्ट पारिदिएको हुनाले एउटा समस्या समाधान हुने बाटोमा थियो ।

समयावधिको समस्या के थियो, त्यसबारेमा केहि बेरमा चर्चा गरौंला ।

अर्को विवाद थियो, विशुद्ध कानुनी । विद्युत प्राधिकरणको आफ्नै अनि नियामक निकाय तत्कालीन विद्युत नियमन आयोगको कानुन अनुपालना र परिपालना बारे ।

जसरी उद्योगीहरुले कानुन मान्नु पर्छ त्यसैगरी प्राधिकरणले पनि कानुन मान्नु पर्छ । खरिदकर्ता तथा बिक्रीकर्ता दुबै एउटा करार कानुनमा बाँधिएका हुन्छन् । र त्यो पालना गर्नु दुबैको दायित्व हो । आफूले प्रयोग गरेको हरेक वस्तु तथा सेवाको बिल हेरेर, बिलअनुसार शुल्क तिर्नु हरेक उपभोक्ता वा सेवाग्राहीको कानुनी दायित्व हो । साथै, आफूले प्रयोग गरेको वस्तु वा सेवाको विस्तृत बिल हेर्न पाउनु प्रयोगकर्ताको हक हो ।

किनकि, सेवा दिने र सेवा लिने अनि वस्तु वा सेवा बिक्री गर्ने र खरिद गर्नेबीचको सम्बन्ध कानुनद्वारा स्पष्ट परिभाषित छ । र, यो कानुनी सम्झौता प्राधिकरण तथा उद्योगी वा सर्वसाधारणको हकमा पनि लागू हुन्छ ।

त्यसैले उद्योगीहरुले आफूले प्रयोग गरेको बिजुलीको बिलको टीओडी मिटर मागे । यो जान्न पाउनु सेवाग्राहीको कानुनी हक हो । त्यसमाथि टीओडीको तथ्यांक हरेक वर्ष डाउनलोड गरेर राख्नु पर्ने प्राधिकरणको आफ्नै विनियामावलीमा पनि उल्लेख छ ।

तर, प्राधिकरणले टीओडीको तथ्यांक नदिइकनै बिलमात्रै पठाइरह्यो ।

केही उद्योगीहरुका अनुसार त यो खुलेआम लुट हो । सरकारकै एउटा संयन्त्रले खुलेआम लुट्ने प्रपञ्च गर्दा प्रधानमन्त्री, मन्त्रिपरिषद् र सरकारले नै उद्योगीहरुलाई लुट्दैछ भन्न पाउने कि नपाउने ?, उद्योगीहरु प्रश्न गर्छन् ।

एकाथरिको भनाइमा विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको ब्यक्तिगत इगोकै कारण नेपालमा उद्योग बन्द गराइन लागेको हो भने अर्काथरिका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको नेपालमा उद्योग चलाउन नदिने र औद्योगिकीकरणलाई मास्ने योजना नै प्राधिकरण नेतृत्वले लागू गरेको आशंका छ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले आफैंले गठन गरेको आयोगको प्रतिवेदन कार्यान्वयन गर्नु भन्यो । उद्योगी खुसी भए । तर, त्यसमा प्राधिकरण र प्राधिकरणको नेतृत्वले खेलकुद गरेर समस्या समाधान गर्नुको साटो बल्झाएको आरोप उद्योगीहरुको छ

नेपाललाई आर्थिकरुपमा सबल तथा आत्मनिर्भर बन्न नदिने तथा पराधीन र पराश्रित बनाइराख्ने प्रधानमन्त्री प्रचण्डको षड्यन्त्रका गोटी बने कुलमान । त्यसमाथि नेपालको राज्य संयन्त्र अग्रगामी नभएर विकास बिरोधी तथा दोहनकारी छ भन्ने त प्रमाणित नै छ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले आफैंले गठन गरेको आयोगको प्रतिवेदन कार्यान्वयन गर्नु भन्यो । उद्योगी खुसी भए । तर, त्यसमा प्राधिकरण र प्राधिकरणको नेतृत्वले खेलकुद गरेर समस्या समाधान गर्नुको साटो बल्झाएको आरोप उद्योगीहरुको छ ।

लाल नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा आफैं अप्ठ्यारोमा पर्ने भएपछि ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र प्रधामन्त्री प्रचण्डलाई मनाएर प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले मन्त्रिपरिषद्को निर्णय नै उल्ट्याए ।

मन्त्रिपरिषद्ले प्रतिवेदन स्वीकार गरेर कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै वैशाख २७ गते मुख्य सचिव बैकुण्ठ अर्यालले ऊर्जा मन्त्रालयका सचिवलाई जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पत्र लेखेका थिए।

पत्रमा ‘डेडिकेटेडे फिडर तथा ट्रंकलाइनको विद्युत महसुलको विवाद समाधानका लागि नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/९/२४ को निर्णय बमोजिम गठित जाँचबुझ आयोगले नेपाल सरकारसमक्ष पेस गरेको प्रतिवेदनमा उल्लेखित राय सुझावहरु कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाउने,’ भनिएको थियो ।

प्रतिवेदनमा स्पष्ट भनिएको छ, ‘विद्युत आपूर्ति भएका दिन तथा अवधिहरु एकिन गरी पुन: हिसाब गरी महसुल छुट लिनुपर्दछ । नियमित महसुलहरु ग्राहकहरुले बुझाइसकेकाले लोडसेडिङको विशेष परिस्थितिमा गरिएका विशेष अवस्थाका महसुलहरु लगानी जारी राख्न खोज्नु, कुनै कारणले पनि औचित्यपूर्ण एवं कानुनसम्मत हुन सक्दैन । तसर्थ यो अवधिका त्यस्ता महसुल लिनु मुनासिव देखिँदैन ।’

यो पत्रबारे जानकारी पाएका घिसिङले आफैं अफ्ठ्यारोमा पर्ने भएपछि पत्र मन्त्रालयमा नै होल्ड गर्न लगाए । ‘लाल आयोगको प्रतिवेदन एकतर्फी छ, जस्ताको त्यस्तै कार्यान्वयन गर्न सकिँदैन,’ भन्दै प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गरे ।

त्यसपछि मुख्यसचिव अर्यालले पहिलो पत्र पठाए पनि त्यसलाई फिर्ता गर्दै नयाँ पत्र पठाएर मन्त्रिपरिषदको निर्णयमाथि नै किर्ते गरे । एउटै मितिमा उनले दुईवटा फरक-फरक ब्यहोराको पत्र लेखे । पहिलो पत्रमा स्पष्टरुपमा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने उल्लेख छ भने दोस्रो पत्रमा जाँचबुझ आयोगको प्रतिवेदन उपेक्षा गर्दै २०७२ माघदेखि २०७५ वैशाखसम्मको थप महसुल लिने उल्लेख छ ।

मुख्य सचिवले क्याविनेटको निर्णय किर्ते गर्दा छाप नै छुटाए

दोस्रो पटक लेखिएको पत्रमा डेडिकेटेड फिडर र ट्रंकलाइनको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बिजुलीको बिलमा प्रिमियम तत्काल उठाउन भनिएको छ । आयोगको प्रतिवेदन कार्यान्वयन गर्न छाडेर अर्को बाटो रोज्नु कुलमानले आफ्नो गल्ती छोप्न गरेको अर्को गल्ती हो ।

उद्योगीहरु भन्छन्, ‘हामी बक्यौता बुझाउन तयार छौं । तर, प्राधिकरणले कानुनतः डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बिजुली प्रयोग गरेको प्रमाण दिनु पर्यो । अर्थात् प्राधिकरणले बिजुलीको तथ्यांक (टीओडी) दिनुपर्यो, हामी तिर्छौं ।’

तर, प्राधिकरण पटक पटक एउटै प्रश्न गर्छ, बिजुली प्रयोग गर्ने तर बिल नतिर्ने ?

सही हो, कुनै पनि वस्तु तथा सेवा कबोल गरेको मूल्यमा कबोल गरेको सम्झौताको आधारमा शुल्क तिर्नु पर्छ । बिजुली उपभोग गरेपछि त्यसको शुल्क तिर्नुपर्छ । सर्वसाधारणले सबैले तिरेका छन् । अनि उद्योगीले पनि तिर्नु पर्छ ।

हुन त मुलुकमा औद्योगिकीकरणलाई जोड दिन तथा रोजगारी सिर्जना गर्न निश्चित संख्याभन्दा बढी रोजगारी सिर्जना गर्ने र निश्चित रकमभन्दा बढी कर तिर्ने उद्योगलाई कम शुल्कमा बिजुली दिए पनि हुन्छ । किनकि, अब नेपालमा बिजुली उत्पादन बढ्दै छ र स्वदेशमा रोजगारी सिर्जना गर्नु अर्थतन्त्र चलायमान बनाउन आधारभुत आवश्यकता पनि हो ।

तर, उथलपुथलमात्र बोकेर बाँचेका नेतृत्वलाई यस्ता सिर्जनशील र विकासका कुरा सोच्ने फुर्सद कहाँ छ र ?

विवाद कसरी सुरु भयो ?

नेपालमा २०६२ सालदेखि बिजुली उत्पादन र मागबीच सन्तुलन हुन सकेन । माग बढ्दै गयो तर बिजुली उत्पादन भने बढेन । त्यसैले प्राधिकरणले सुरु सुरुमा बिनासूचना र पछि समय तालिकाको अग्रिम सूचनासहित लोडसेडिङ अर्थात् विद्युत कटौती गर्न थाल्यो ।

हरेक दिन वा साता कति घन्टा बिजुली आउने हो, तालिका प्रकाशित हुन्थ्यो । सर्वसाधारणको जीवन जेनतेन चलिरह्यो ।

तर, उद्योगमा भने फरक समस्या थियो । प्राधिकरणको तालिकाअनुसार उद्योग सञ्चालन गर्ने वा बजारमा माग अनुसार वस्तु तथा सेवा उपलब्ध गराउन डिजेल किनेर जेनरेटर चलाएर उद्योग चलाउने । यसरी डिजेल जेनरेटर चलाएर वस्तु उत्पादन गर्दा वा सेवा दिँदा डिजेल र जेनरेटरको मूल्य पनि जोडिने भयो । वस्तु तथा सेवा महँगो भयो ।

त्यसैबीच सरकारले २०६९ सालमा अत्यावश्यक सेवा सञ्चालकका लागि सुरक्षा निकाय, स्वास्थ्य संस्थाहरु, सिंहदरबार, सञ्चार तथा खानेपानी सेवा, विमानस्थललगायतका निकायमा नियमित बिजुली आपूर्ति दिने नीति ल्यायो । सरकारको नीतिअनुरुप प्राधिकरणले पनि ती निकायमा सब–स्टेसनबाट सिधै विद्युत् आपूर्ति दिने भयो ।

तर, लोडसेडिङले जनजीवन मात्र कष्टकर बनाएन, प्राधिकरणको नोक्सानी पनि बढायो । त्यसैले प्राधिकरणबाट लोडसेडिङको समयमा नियमित बिजुली लिने औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक निकायका ग्राहकलाई प्रिमियम चार्ज अर्थात् अतिरिक्त शुल्क लिने अवधारणा ल्याइयो ।

प्राधिकरणले २०७१ माघ २५ गते ६९९औं बैठकमा निर्वाधरुपमा बिजुलीको सेवा लिन चाहने ग्राहकलाई विद्युत् आपूर्ति गर्ने मापदण्ड बनाउने अवधारणा ल्यायो । उक्त अवधारणअन्तर्गत डेडिकेटेड फिडरमार्फत् २४ घण्टा निरन्तर बिजुली आपूर्ति दिए ६५ देखि १०० प्रतिशतसम्म अतिरिक्त शुल्क लिने प्रतिवेदन बन्यो ।

उक्त प्रतिवेदनका आधारमा प्राधिकरणले २०७२ साल असार १२ गते डेडिकेडेड फिडरबाट निरन्तर बिजुली आपूर्ति सेवा लिने ग्राहकलाई साउन १ गतेबाट अतिरिक्त शुल्क लगाउने निर्णय गर्‍यो ।

तर, प्राधिकरणलाई शुल्क तोक्ने अधिकार छैन । उक्त निर्णय कार्यान्वयनका लागि तत्कालीन विद्युत् महशुल निर्धारण आयोगको निर्णय चाहिन्थ्यो । विद्युत् ऐनअनुसार महशुल तोक्ने अधिकार आयोगलाई भएकाले प्राधिकरणले आफू अनुकुल विनियमावली बनाउँदै शुल्क लिन सक्ने अवस्था थिएन ।

आफूसँग अधिकार नै नभएको विषयमा शुल्क निर्धारण गरेर प्राधिकरणले २०७२ साउन १ गतेबाट डेडिकेटेड लाइनमार्फत् सेवा लिएका ग्राहकलाई अतिरिक्त शुल्क लिन सुरु गर्‍यो ।

घिसिङले अनुमति नलिई बिजुली प्रयोग गर्नेलाई कानुनअनुसार विद्युत् चोरीमा कारबाही गर्नु पर्थ्यो । तर, त्यसो नगरी अतिरिक्त शुल्क थपेर बिल पठाइरहे । यो प्राधिकरणको तेस्रो गल्ती थियो

यो थियो, विवादको पहिलो खुड्किलो अनि प्राधिकरणको पहिलो गल्ती ।

त्यतिबेलासम्म ट्रंक लाइनमा के कति शुल्क लगाउने भन्ने नै थिएन । तर, प्राधिकरणले डेडिकेडेट लाइनबाट निरन्तर सेवा लिने ग्राहकबाट अतिरिक्त शुल्क लिने निर्णय गरेपछि ट्रंक लाइनमा जोडिएका ग्राहकले पनि निरन्तर बिजुली प्रयोग गरेका कारण प्रिमियम शुल्क तिर्नु पर्ने परिपत्र जारी गर्यो ।

यो प्राधिकरणको दोस्रो गल्ती थियो ।

किनकि, ट्रंक लाइनबाट नियमित विद्युत् आपूर्ति सेवा लिन उद्योगहरुले निवेदन दिनु पर्ने थियो । तर, उद्योगले लोडसेडिङको समयमा बिजुली प्रयोग गर्ने माग गर्दै अनुमति लिएका थिएनन् । यसरी अनुमति नलिइ बिजुली प्रयोग गर्नेलाई कानुनअनुसार विद्युत् चोरीमा कारबाही गर्नु पर्थ्यो। तर, घिसिङले प्रयोगै नगरेको बिजुलीको बिल उद्योगीलाई पठाए । र, प्राधिकरणको वित्तीय विवरण राम्रो देखाए । कर तिरे । बोनस खाए । किनभने उनी विधि र प्रक्रियाभन्दा पनि लोकप्रियतामै रमाइरहेका थिए ।

घिसिङले अनुमति नलिई बिजुली प्रयोग गर्नेलाई कानुनअनुसार विद्युत् चोरीमा कारबाही गर्नु पर्थ्यो । तर, त्यसो नगरी अतिरिक्त शुल्क थपेर बिल पठाइरहे । यो प्राधिकरणको तेस्रो गल्ती थियो ।

प्राधिकरणले शुल्क नै तोक्न नपाउने कानुनभन्दा बाहिर गएर झन् परिपत्र जारी गरेर बिजुलीको महशुल बढाएका कारण नियामक निकाय विद्युत् महशुल निर्धारण आयोगमा उजुरी पर्यो । आयोगले कानुनत विद्युत् प्राधिकरणले महशुल तोक्न नसक्ने भन्दै प्राधिकरणको निर्णय खारेज गरिदियो ।

उद्योगीहरुले संसदको लेखा समितिमा समेत उजुरी गरे । २०७२ साल कात्तिकमा लेखा समितिमा डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विवादमा उजुरी पर्दा समितिका सभापति जनार्दन शर्मा थिए । महशुल निर्धारण आयोगको स्वीकृतीबिना शुल्क समायोजना गर्न नमिल्ने हुनाले समितिले प्राधिकरणले प्रस्ताव गरेको शुल्कमा आयोगलाई स्वीकृत दिन सहमति दियो ।

यसरी लेखा समितिले सहजीकरण गरेपछि बल्ल २०७२ पुस २९ गते विद्युत् महशुल निर्धारण आयोगले सरकारी अस्पतालबाहेक अन्य ग्राहकलाई २४ घण्टा नियमित विद्युत् आपुर्ति सेवा लिएको अवस्थामा अतिरिक्त शुल्क लिन प्राधिकरणलाई अनुमति दियो ।

आयोगले रिटेल महशुल २०७३ साउन १ गतेदेखि लागु हुने र निरन्तर विद्युत् सेवा लिएका संस्थाले अतिरिक्त महशुल तिर्नु पर्ने निर्णय पुस २९ गतेबाट लागू हुने गरि स्वीकृति दियो ।

त्यसैले अतिरिक्त महशुल लाग्ने समयावधिको विषयमा विवाद भएको हो । कानुनतः आयोगले स्वीकृति दिएको मितिबाट नयाँ महशुल लाग्ने हो । तर, प्राधिकरणले आफैंले निर्णय गरेको मितिबाट नयाँ महशुलको बिल उद्योगहरुलाई पठाएका कारण विवाद भएको हो ।

यो प्राधिकरणको चौथो गल्ती थियो ।

तर, यस विवादमा शिवम् सिमेन्ट सर्वोच्च अदालत गयो । सर्वोच्चले २०७५ सालमा नै विद्युत् महशुल निर्धारण आयोगले निर्णय गरेका मितिबाट मात्रै वृद्धि भएको महशुल लागू हुने फैसला गरिसकेको छ । तर, प्राधिकरणको जिकिर छ कि सर्वोच्च अदालतले रिट निवेदकको हकमा मात्रै फैसला गरेकाले अन्य संस्थाले २०७२ साउन १ गतेबाट अतिरिक्त महशुल तिर्नु पर्छ ।

यसमा लाल आयोगले अतिरिक्त महशुल लाग्ने समयावधि तोकिदिएकाले विवाद समाधान हुनु पर्ने हो । तर, प्राधिकरण नेतृत्वले अझै आफ्नो अडान नछोडेका कारण विवाद जारी छ ।

यो प्राधिकरणको पाँचौ गल्ती हो ।

समयावधिको दोस्रो विवाद २०७२ फागुन ११ पछिको हो । किनकि डेडिकेटेड लाइनबाट बिजुली दिँदा अतिरिक्त शुल्क लिन पाउने गरि आयोगले अनुमति दिएको झण्डै डेढ महिनापछि २०७२ फागुन ९ गते प्राधिकरणले गोरखापत्रमा उद्योगमा अतिरिक्त बिजुली दिन नसक्ने सूचना निकाल्यो ।

तर, आफैंले गोरखापत्रमा सूचना निकालेर बिजुली दिन नसक्ने भने पनि प्राधिकरणले उद्योगलाई उक्त समयको पनि बिल काटेका कारण समयावधिको विवाद थपियो । यो विवाद पनि प्राधिकरण आफैंले सिर्जना गरेको थियो ।

यो प्राधिकरणको छैठौं गल्ती थियो ।

यतिबेलासम्म डेडिकेटेडमा मात्र अतिरिक्त शुल्क लगाएको प्राधिकरणले २०७३ जेठमा ट्रंक लाइनबाट नियमित विद्युत आपूर्ति लिएका संस्थाबाट पनि अतिरिक्त शुल्क लगाउनु पर्ने प्रस्ताव विद्युत् महशुल निर्धारण आयोगमा पठायो ।

तर, २०७३ साल असार १६ गतेको विद्युत् महशुल निर्धारण आयोगको १०८औं बैठकले ६ घण्टाभन्दा बढी लोडसेडिङ भएको अवस्थामा २० घण्टाभन्दा बढी बिजुली प्रयोग गर्ने ग्राहकबाट डेडिकेडेडसरह महशुल लिने सहमति प्राधिकरणलाई दियो । यसरी आयोगले शसर्त ट्रंक लाइनबाट बिजुली लिएका ग्राहकबाट प्रिमियम महशुल लिन स्वीकृति दिएको थियो ।

तर, प्राधिकरणको सातौं गल्ती के भयो भने, शर्त पूरा नभए पनि अतिरिक्त शुल्क लगायो भने ट्रंक लाइनबाट नियमित बिजुली आपूर्ति लिन उद्योगहरुले निवेदन दिनु पर्नेमा कुनै पनि उद्योगले लोडसेडिङ समयमा बिजुली प्रयोग गर्ने माग गर्दै निवेदन दिएका छैनन् ।

त्यसैले आज पनि उद्योगीहरु आफूहरुले २० घण्टा बिजुली प्रयोग नगरेको दावी गरिरहेका छन् । साथै, प्राधिकरणसँग टीओडी मिटर मागिरहेका छन् । किनकि नियामक आयोगले २०७३ साउनदेखि ६ घण्टा लोडसेडिङ भएको समयमा २० घण्टाभन्दा बढी बिजुली सेवा लिएका ग्राहकबाट अतिरिक्त शुल्क लिनसक्ने अनुमति दिएको हुनाले प्राधिकरणको बिद्युत् वितरण केन्द्रले टीओडी मिटरमा भएको तथ्यांकका आधारमा बिलिङ गर्नु पथ्र्यो ।

त्यसपछि २०७५ बैशाख ३१ गते सरकारले उद्योग क्षेत्रमा पनि लोडसेडिङमुक्त घोषणा गर्याे । तर, प्राधिकरणले लोडसेडिङ भएको समयमा प्रिमियम शुल्क लगाउने गरी कार्यान्वयनमा आएको विनियमावली अनुसार २०७७ जेठसम्म उद्योगहरुमा बिल पठायो । आफैंले उद्योग क्षेत्रमा पनि लोडसेडिङमुक्त घोषणा गरिसकेपछिको अवधीको पनि बिलको पैसा मागेका कारण समयावधीमा विवाद भएको हो । यो प्राधिकरणको आठौं गल्ती थियो ।

रमाइलो त के भयो भने प्राधिकरणले ४ वर्षपछि उद्योगीहरुलाई प्रिमियम लाग्ने बिल पठायो, तर शर्त पुरा नगरिकनै ।

२०८० पुस १२ गतेको पत्रकार सम्मेलनमै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले झुट बोले । एकातिर सर्वसाधारणलाई लोडसेडिंगमा राखेर उद्योगलाई बढी बिजुली दिएको झुटो दावी गरे भने अर्कातिर डेडिकेटेड र ट्रंक लाइनको उद्योगीहरु कानूनी प्रक्रियामा नगएको भन्दै झुट बोले । यो उनको नवौं गल्ती थियो ।

‘विद्युत प्राधिकरणमा पुनरावलोकन समिति छ, हामीले जारी गरेको बिलमा असहमत हुनेहरुले उक्त समितिमा निवेदन दिनसक्नुहुन्छ तर २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता बाँकी रहेका ६१ उद्योगमध्ये कसैले पनि अहिलेसम्म पुनरावेदन दिएका छैनन्,’ घिसिङले भनेका थिए, ‘उद्योगी साथीहरु प्राधिकरणको पुनरावलोकनमा आउनै नहुने जस्तो गर्नुहुन्छ । पुनरावलोकनमा आएका अन्य कतिपय उद्योगका पक्षमा पनि निर्णय भएका प्रसस्तै उदाहारण छन् ।’

तर, प्राधिकरणको सञ्चालक नै अध्यक्ष रहेको पुनरावलोकन समितिमा प्रिमियम थपेको छुट बिलमा असहमति जनाउँदै अर्घाखाँची सिमेन्ट, डाबर नेपाल लगायतले निवेदन दिएका थिए ।

‘अर्घाखाँची सिमेन्टले धरौटी बुझाएको छैन, जसले गर्दा उसको निवेदन नै अवैध भयो,’ घिसिङले भनेका थिए । तर, अर्घाखाँची सिमेन्टले २०७६ असोज १५ गते प्राधिकरणमा २ करोड ३५ लाख ९९ हजार ८८९ रुपैयाँ धरौटी बुझाएर पुनरावलोकन समितिमा निवेदन दिएको प्रमाण क्लिकमान्डुले उसैबेला सार्वजनिक गरिसकेको छ ।

पत्रकार सम्मेलनमै कुलमानले ढाँटे, अर्घाखाँचीले २०७६ सालमै धरौटी बुझाएर दिएको थियो पुनरावेदन

विद्युत प्राधिकरण स्रोतले क्लिकमान्डुलाई अर्घाखाँची सिमेन्टको पुनरावेदन पत्र र चेक उपलब्ध गराएको छ । अर्घाखाँचीले २०७६ असोज १६ गते दिएको पुनरावेदन पत्रमा २०७६ असोज महिनाको बिलमा थप गरिएको २ करोड ४० लाख रुपैयाँ ९बिल पठाएको ७ दिनमै भुक्तानी गर्दा मिल्ने २ प्रतिशत छुट कटाउँदा हुन आउने २ करोड ३५ लाख ९९ हजार ८८९ रुपैयाँ धरौटी राखेको उल्लेख छ ।

अर्घाखाँची सिमेन्टले नेपाल विद्युत प्राधिकरणको विद्युत वितरण विनियमावली २०६९ को विनियम ४५ (१) अनुसार प्राधिकरणमा पुनरावेदन पेश गरेको पत्रमा उल्लेख छ। अर्घाखाँचीले ट्रंक लाइनबाट डेडिकेटेडसरह विद्युत आपूर्ति नलिएको दाबी गर्दै अतिरिक्त रकम छुट गरि सामान्य औद्योगिक ग्राहकसरह महशुल बुझाउने व्यवस्था मिलाउन समितिसँग माग गरेको थियो ।

तर, उक्त पुनरावेदनमा प्राधिकरणले अहिलेसम्म कुनै निर्णय दिएको छैन। जबकी, प्राधिकरणको विद्युत वितरण विनियमावली २०६९ मा पुनरावेदन परेको ३५ दिनभित्र निर्णय दिनुपर्ने उल्लेख छ ।

धरौटी बुझाएर पुनरावेदन दिने अर्घाखाँची सिमेन्टलाई पुनरावेदन दर्ता भएको मितिले ३५ दिनभित्र निर्णय दिनुपर्ने कानूनी व्यवस्थाको उल्लंघन गरेको ५१ महिनापछि कुलमानले धरौटी नै नबुझाएकाले उसको निवेदन अवैध भएको भन्दै झुटो बोलेर सर्वसाधारणमा भ्रम छरेर दसौं गल्ती गरे।

बिजुली प्रयोग गरे वापत ग्राहकले राज्यलाई महशुल तिर्नुपर्छ अनि बिजुली प्रयोग भएको प्रमाण राज्यले दिनु पर्छ । किनकि विद्युत नियमन आयागले शसर्त प्रिमियम शुल्क लगाउन अनुमति दिएको थियो । त्यसैले, प्राधिकरणले प्रिमियम शुल्क लगाउन नियामक निकायको शर्त पुरा गर्नै पर्छ ।

तर, उद्योगले कति समय बिजुली प्रयोग गरे भन्ने विश्लेषण नगरी छुट बिलको रकम तिर्न जबर्जस्ती गरेका कारण समयावधिमा विवाद बल्झिएको हो ।

किनकि, तीन समयावधि स्पष्ट भैसकेको छ । पहिलो अवधि (२०७२ साउनदेखि २०७२ पुस) शुल्क नलाग्ने, दोस्रो अवधि (२०७२ माघदेखि २०७५ वैशाख) को शुल्क लाग्ने तर टाइम्स अफ डे (टीओडी) मिटरका आधारमा, र तेस्रो अवधि (२०७५ जेठदेखि २०७७ असार) शुल्क नलाग्ने ।

तर, लाल आयोगले समयावधीको विषयमा स्पष्ट लेखिदिए पनि विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पालना नगरेका कारण झन् विवाद बढेको छ । यो प्राधिकरणको एघारौं गल्ती हो ।

लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रिपरिषदको पत्रपछि प्राधिकरणले ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ र त्यसमा २५ प्रतिशत जरिवाना तिर्न १५ दिनको अल्टिमेटम दिँदै पत्र पठायो । उद्योगीले प्रमाण माग्दै काउन्टर पत्र पठाए । त्यसपछि प्राधिकरणले प्रमाण भन्दै एक्सल सिट पठायो । तर, त्यो प्रष्ट प्रमाण नभएको भन्दै उद्योगीले फेरि पत्र पठाए । तर, प्राधिकरणले त्यो पत्रको जवाफ नदिइ लाइन काट्यो । त्यो पनि कसरी भने ज–जसले ठूलो स्वरमा प्रमाण मागे उनीहरुकै उद्योगको लाइन काटियो । यो प्राधिकरणको बाहौं गल्ती थियो ।

यसरी गल्तीमाथि गल्ती गर्दै जाँदा प्राधिकरणमात्र नभएर सरकारप्रति नै शंका गर्ने स्थिति उत्पन्न भएको छ । यसले नेपालको औद्योगिकीकरणमा गम्भीर समस्या ल्याउने देखिन्छ

प्राधिकरणले करिब ५ दर्जन उद्योगलाई बक्यौता दावी गर्दै बिल पठाएको छ । उद्योगीहरुले बिल फर्जी भएको भन्दै तिर्न अस्वीकार गरिरहेका छन् ।

सरकार परिवर्तनको संघारमा छ । आगामी साता एमाले अध्यक्ष केपी ओली नेतृत्वमा कांग्रेस-एमाले गठबन्धनको सरकार गठन हुने निश्चित छ । घिसिङलाई प्राधिकरणमा माओवादी अध्यक्ष प्रचण्डको सरकारले दोहोर्याएर ल्याएको हो । ओली सरकारले आफूलाई अफ्ठ्यारो पार्ला भन्ने पूर्वानुमान गरेर उद्योगको लाइन काटेका कारण मलाई अफ्ठ्यारोमा पारियो भन्ने पब्लिक सेन्टिमेन्ट लिने उदेश्यले केही दिन पनि पर्खिन नसकेर कुलमानले अर्को गल्ती गरेका छन् ।

उद्योगीहरुले वार्ता र छलफलमार्फत् यो विवाद समाधान गर्न सकिने बताउँदै आएका भएपनि प्राधिकरण समस्याको समाधान चाहँदैन । उद्योगीहरु भनेका प्राधिकरणका ग्राहक हुन्, ग्राहकलाई देवताको जस्तो व्यवहार नगरेर दानवीकरण गरेर कुलमानले थप गल्ती गरिरहेका छन् । कति ठूलाठूला विषय त वार्ता र छलफलमार्फत् समाधान भएका उदाहारण छन् भने यो विवाद ‘विन विन सिचुएशन’ मा समाधान नहुने भन्ने कुरै हुँदैन ।

यसरी गल्तीमाथि गल्ती गर्दै जाँदा प्राधिकरणमात्र नभएर सरकारप्रति नै शंका गर्ने स्थिति उत्पन्न भएको छ । यसले नेपालको औद्योगिकीकरणमा गम्भीर समस्या ल्याउने देखिन्छ । विगतमा सरकारमा बस्नेहरु संवेदनशील नहुँदा अहिले मुलुकको स्थिति जर्जर बनेको विदितै छ । अहिले प्राधिकरणले उद्योगीहरुमाथि गरेको व्यवहारले नेपालको भविष्य थप संकटपूर्ण हुने सहजै विश्लेषण गर्न सकिन्छ ।

Tuesday, July 2, 2024

गिरिजाप्रसाद कोइरालाः बिजनेस फ्रेन्डली प्राइम मिनिस्टर

‘गिरिजाप्रसाद कोइराला…, गिरिजा प्रसाद कोइराला, विदआउट सेकेन्ड थट ।’ ‘लिक्वर किङ्ग’ अर्थात् जाउलाखेल ग्रुप अफ इन्डष्ट्रीजका संस्थापक अध्यक्ष विजय कुमार साहलाई सरकारले गत आर्थिक वर्षमा ब्यक्तिगततर्फ सबैभन्दा बढी कर तिरे वापत सम्मान गरेको छेकोमा उनीसँग क्लिकमान्डुले सोधेको थियो, ‘सबैभन्दा निजीक्षेत्रमैत्री प्रधानमन्त्री को हो ?’

साहले एक सेकेन्ड पनि नसोचि जवाफ दिए, ‘गिरिजाप्रसाद कोइराला…, गिरिजा प्रसाद कोइराला, विदआउट सेकेन्ड थट ।’

सरकारलाई सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिमा विजयकुमार साहले सिद्धार्थ राणालाई पछ्याइरहेका छन् । अहिलेसम्म राणाले सबैभन्दा धेरै व्यक्तिगत आयकर तिरेको भन्दै ७ पटक सम्मानित भइसकेका छन् भने साहलाई सरकारले ३ पटक सम्मान गरेको छ ।

नेपालमा पनि पारदर्शीरुपमा उद्यम गरेर एउटा सफल उद्यमी हुन् अनि सरकारलाई कर बुझाएर गर्व गर्नसक्ने वातावरण बनाउन नि:सन्देहरुपमा गिरिजाप्रसाद कोइरालाको ठूलो भूमिका छ ।

त्यसैले पनि पुराना उद्यमीहरुले गिरिजा प्रसाद कोइरालालाई सम्झिरहन्छन् ।

‘अहो, गिरिजाबाबु त असाध्यै कचकच गर्ने, गाली गर्ने, यो के हो, यो सम्झा, त्यो बता भनेर केरकार गर्ने,’ साह भन्छन्, ‘एक चोटी बुझ्यो भने त्यो त अटल महाशक्ति तपाईंको पछि लाग्ने । उनले हामीलाई बोलाउँथे, तिम्रो के समस्या छ भनेर सोध्थे । घुस वा चन्दा कहिल्यै मागेनन् ।’

साहको विचारमा २०४६ सालको परिवर्तनपछि बनेको नेपाली कांग्रेसको सरकारले लाइसेन्सराज अन्त्य गरेका कारण नै निजी क्षेत्रले फस्टाउने मौका पाएको हो । र यसरी पारदर्शीरुपमा उद्यमीले कर तिर्ने तथा कर तिरे वापत सम्मान पाउने वातावरण बनेको हो ।

‘लाइसेन्सराज अन्त्य गर्नु एकदमै उत्कृष्ट काम थियो,’ साह भन्छन्, ‘त्यो बेलाको नेपालको आर्थिक विकास ‘मेटाफोरिक’ छ । बिजनेस गर्न पनि सजिलो थियो । तर, अहिले त उद्योग गर्नुभन्दा अगाडि कैयौंपटक सोच्छौं हामी ।’

निजी क्षेत्रलाई असाध्यै माया गर्ने प्रधानमन्त्रीका रुपमा गिरिजाप्रसाद कोइराला पहिलो नम्बरमा रहेको बताउँछन् अर्का व्यवसायी जितबहादुर श्रेष्ठ । नेपालमा निजी क्षेत्रबाट पहिलो हाइड्रोपावर निर्माण गर्ने श्रेष्ठका नजरमा गिरिजा नै त्यस्तो प्रधानमन्त्री हुन् जसले विनास्वार्थ निजी क्षेत्रका कुरा सुन्थे र काम गर्थे ।

कुनै बेलाका निकै ठूलो व्यापारिक घराना थियो एनबी ग्रुप । त्यसका सञ्चालक थिए जितबहादुर ।

‘मैले धेरै प्रधानमन्त्रीहरुसँग संगत गरेँ तर गिरिजाबाबु जस्तो निजी क्षेत्रका लागि सहज अरु कोहि पनि भेटिनँ,’ श्रेष्ठ भन्छन्- ‘उहाँ एकपटक कुरा बुझेपछि निस्वार्थ सहयोग गरिरहनुहुन्थ्यो । निजी क्षेत्रको विकास भयो भने मात्रै देश सम्मृद्ध बन्छ भन्ने उहाँको सोचाइ थियो । अहिलेका प्रधानमन्त्रीहरु त मलाई के फाइदा हुन्छ भनेर पहिल्यै सोध्छन् ।’

यसरी, नेपाली निजी क्षेत्रलाई फस्टाउने अवसर सिर्जना गर्ने र ‘मेटाफोरिक’ आर्थिक विकासमा भूमिका खेल्ने गिरिजाप्रसाद कोइराला आफैं भने कुनै अर्थविद् थिएनन्, उनी नेपालका अन्य प्रधानमन्त्रीझैं विशुद्ध राजनीतिज्ञ थिए ।

‘तर, उनी विश्व परिस्थिति बुझेका र परिवर्तन स्वीकार गर्न सक्ने प्रधानमन्त्री थिए,’ कोइरालाको मन्त्रिपरिषद्का अर्थराज्यमन्त्री तथा लाइसेन्सराज अन्त्य गर्ने एक सारथी महेश आचार्य सम्झन्छन् ।

गिरिजा नेतृत्वको पहिलो सरकारमा अर्थराज्यमन्त्री बनेका आचार्य २०५६ सालमा कृष्णप्रसाद भट्टराईको सरकारमा अर्थमन्त्री थिए । आचार्यको भनाइमा एकपल्ट कन्भिन्स भएपछि कोइराला मन्त्रीहरुलाई स्वतन्त्रतापूर्वक काम गर्न दिन्थे, हस्तक्षेप गर्दैनथे । ‘त्यसैले कामको परिणाम पनि देखिन्थ्यो र देखियो पनि ।’

‘गिरिजाप्रसाद कोइरालामा एडेप्टीबिलिटी थियो,’ उनी भन्छन्, ‘विश्व परिवेश परिवर्तन हुँदै थियो । उदारवादको वैश्विक परिवर्तनलाई एडप्ट गर्नसक्ने आँट उनमा थियो ।’

त्यसैले, आज पनि उद्यमीहरु नेपाली कांग्रेसका पूर्वसभापति तथा नेपालका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सम्झिरहन्छन् ।

त्यसमाथि नेपाली कांग्रेसको एकमना सरकार भएका कारण प्रधानमन्त्री कोइरालाले जिम्मेवारी लिइदिएका कारण उदारवादलाई संस्थागत गर्न पनि सहज भएको आचार्य बताउँछन् । उनका अनुसार प्रधानमन्त्री कोइराला अनुकुल नभइदिएको भए उदारवादलाई संस्थागत गर्न गारो हुन्थ्यो ।

फर्काउला त बिराटनगरले गुमाएको औद्योगिक र राजनीतिक साख ?

पंचायत कालको बन्द अर्थतन्त्रमा सरकारले नै उद्योगधन्दा चलाउने प्रचलन थियो । त्यसबाहेक केहि छिटपुट उद्योग निजी क्षेत्रका थिए । तर, त्यसको लागि लाइसेन्स लिनु पर्थ्यो । लाइसेन्सराजका कारण अर्थतन्त्र घिसिपिटिरुपमा चलिरहेको थियो ।

पूर्वसोभियत संघकालीन अर्थतन्त्रको अवशेष सरकारी संस्थानहरु सबै घाटामा थिए । ती संस्थानले नागरिकले तिरेका कर राजश्व चाहि तलब र भत्ताको रुपमा खान्थे तर तिनीहरुको उत्पादकत्व भने थिएन । राज्यलाई भार मात्र भएका थिए ।

तर, २०४८ सालको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थराज्यमन्त्री महेश आचार्य रहेको सरकारले बोझ बनेका सरकारी संस्थानलाई निजीकरणमा लगिदियो । लाइसेन्सराजलाई अन्त्य गरिदियो ।

यसो गर्दा दुइवटा काम एकैपटक भयो, एकः सरकारको दायित्व रहेन, अर्कोः निजी क्षेत्रले काम गर्ने भयो । नियामक निकायहरुलाई तत्काल बलियो बनाउन नसक्दा तथा केहि संस्थानको निजीकरणको प्रकृयामा त्रुटी भएका कारण विकृती आएपनि कोइराला सरकारको निजीकरणको नीति समायानुकुल थियो ।

आर्थिक उदारीकरण र निजीकरणपछि नेपालको आर्थिक वृद्धि राम्रो भएको तथ्यांकबाट नै स्पष्ट हुन्छ । नेपालको इतिहासमा आजसम्म सबैभन्दा बढी आर्थिक वृद्धि भएको दशक नै आर्थिक उदारीकरणको दशकमात्रै हो ।

त्यतिमात्र होइन आजसम्मको सबैभन्दा सफल आवधिक योजना पनि आठौँ पञ्चवर्षीय योजना मात्र हो । जुन आर्थिक उदारीकरणकै समयको हो ।

यो कुरा तथ्यांकले सिद्ध गर्छ ।

२०४७ सालमा नेपालको अर्थतन्त्रको आकार ४ खर्ब हाराहारी मात्र थियो । पंचालयकालीन बन्द अर्थतन्त्रका कारण २०४६/४७ सालसम्म सिमीत सरकारी रोजगारी मात्र थियो, अनि आर्थिक बृद्धिदर पनि ३ प्रतिशतदेखि ४ प्रतिशतको हाराहारीमात्रै थियो ।

तर, गिरिजा सरकारले लाइसेन्सराज अन्त्य गर्दै आर्थिक उदारीकरणको नीति ल्याएका कारण २०४८ देखि धेरै उद्योग कल कारखाना खुले । शिक्षा, स्वास्थ्य, बिमा, वित्त, वायुसेवा, जलस्रोतजस्ता विभिन्न आर्थिक सामाजिक क्षेत्रमा निजी क्षेत्रको सकृय सहभागिता बढ्यो । विभिन्न क्षेत्रलाई खुला गर्दा ती क्षेत्रमा काम गर्ने जनशक्तिको आवश्यकता पूर्ती गर्न काठमाडौँ विश्वविद्यालय, इन्जिनियरिङ तथा मेडिकल कलेज पनि खुले । शिक्षाको स्तर पनि बढ्यो । प्रसस्त उद्योग खुलेका कारण निजी क्षेत्रले पनि धेरै रोजगारी सिर्जना गर्यो ।

यस्तै, विकास निर्माणमा जोड दिन गाउँका पूर्वाधारमा धेरै बजेट पठाउने काम पनि २०४८ सालमा गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि भयो । यसबाट गाउँमा पनि पनि आर्थिक गतिबिधि बढे । त्यसले अर्थतन्त्र चलायमान बनायो । सरकारको राजश्वको आधार पनि बढायो ।

तर, भारतको बिहार सहरसा जिल्लाको टेडी गाउँमा बि‍‍.सं. १९८१ असार १८ मा जन्मेका गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती मनाउँदै गर्दा सदैव उनको राजनीतिक पाटोको बारेमा मात्रै बढि चर्चा हुने गरेको छ । उनको नेतृत्वमा भएको आर्थिक उदारीकरणका कारण भएको आर्थिक विकासको बारेमा कमै मात्र चर्चा गरिन्छ ।

कहिँ कतै चर्चा गरे पनि गिरीजाप्रसाद कोइराला, महेश आचार्य अनि डा रामशरण महतले नेपालका उद्योग कलकारखाना बेचेर खाए भन्ने जस्ता भ्रमपूर्ण चर्चा मात्र गरिन्छ । नेपाली काँग्रेसभित्रै पनि आर्थिक नीतिको बारेमा एकमत नभएका कारण पनि यस्ता नकारात्मक चर्चा हुने गरेको छ ।

गिरिजाको आर्थिक उदारीकरणका अर्का सारथी पूर्वअर्थमन्त्री डा रामशरण महत कोइराला कहिले पनि यस्ता नकारात्मक प्रचारले नगल्ने, नथाक्ने र जोखिम लिन सक्ने नेता भएको बताउँछन् ।

राजनीति उदार व्यवस्था भएको अवस्थामा आर्थिक क्षेत्र पनि उदार बन्नु पर्ने भएकोले कोइराला नेतृत्वको सरकारले आर्थिक उदारीकरणको नीति लिएको पनि डा महतको भनाइ छ ।

डा महत हाल अस्वस्थ्य छन् । र नेपालको अर्थतन्त्रमा दोस्रो चरणको आर्थिक सुधार गर्न सक्ने हक्की प्रधानमन्त्री तथा अर्थमन्त्रीको अभावमा नेपालको अर्थतन्त्र पनि अस्वस्थ्य छ ।

त्यसैले पनि उद्यमीहरु गिरिजाप्रसाद कोइरालालाई सम्झिरहन्छन् ।

उनीसँग संगत गरेका पुराना उद्यमी ब्यवसायीहरुको भनाइ पत्याउने हो भने नेपालको इतिहासमा गिरिजाप्रसाद कोइराला मात्र एकजना यस्ता प्रधानमन्त्री हुन्, जो निजीक्षेत्रमैत्री थिए, उद्यमी ब्यवसायीका हितैषी मित्र थिए ।

कोइराला उद्यमीहरुलाई बेला बेलामा फोन गरेर उद्योग चलाउन के कस्ता समस्या छन् भनेर सोधिखोजी गरिरहन्थे । त्यसरी उनले सहजीकरण गरेका कारण नेपालको अर्थतन्त्रको विस्तार भएको हो, जुन कुराको आज पनि कमै मात्र चर्चा हुन्छ ।

कोइरालाको सरकारले बि.सं. २०४८ मा लिएको आर्थिक उदारिकरणको नीतिका कारण नै नेपालको अर्थतन्त्र विस्तार मात्र भएन २०५२ सालदेखि २०६२ सालसम्म निरन्तर एक दशक चलेको माओवादीको सशस्त्र द्वन्द्वमा पनि अर्थतन्त्र नकारात्मक भएन, डुब्नबाट जोगियो । माओवादीका विभिन्न अवरोध र हडताल एवं अपहरणकाबिच पनि उद्यमीहरु निराश हुनु परेन ।

आज तीन दशकपछि, कुनै किसिमका हडताल, अवरोध अनि उद्योगीको अपहरणजस्ता दुर्घटना भएका छैनन्, राजनीतिक स्वतन्त्रता प्राप्तीको लडाई पनि एउटा टुंगोमा पुगिसकेको छ । तर, उद्योगी ब्यवासायीमा चरम निराशा छ, अनि अर्थतन्त्रको गती सुस्त छ ।

त्यसैले उदारवादी अर्थतन्त्र र गिरिजा प्रसाद कोइरालालाई जति गालि गरे पनि नेपालको समाजिक आर्थिक विकासमा कोइरालाको भूमिका उनीजस्तै अग्लो छ, अतुलनीय छ र त सम्झन्छन् कोइरालालाई उद्यमीहरु ।

बिसं २०६३ पछिका वर्षहरुमा वामपन्थी रुझान भएका राजनीतिक दलहरु विशेषताः माओवादीले लगातार जस्तै सरकारको नेतृत्व गरे अथवा सरकारमा रहे । उनीहरु २०४८ सालपछि गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक उदारीकरणको नीतिको मौखिक बिरोध गर्छन् ।

तर, ब्यवहारिकरुपमा माओवादी आजसम्म पनि गिरिजाप्रसाद कोइरालाले लिएको आर्थिक उदारिकरणको नीति नै पछ्याउन बाध्य छन् । अझ दलाल पुँजीवादलाई गाली गर्दै दलाल समाजवादको यात्रामा विचौलिया उनीहरुका कोठा चोटा चाहारिरहेका कसैले देखेको छैन भन्ने भ्रममा बाँच्छन् ।

किनभने, विश्वमा नै बन्द अर्थतन्त्रको युग सकिएको ४ दशक भइसक्यो । नेपाल उत्तर कोरियाझैं एकांकी राष्ट्र होइन, त्यसैले सरकारको काम चुरोट, बिँडी बनाउने, जुत्ता चप्पल बनाउने होइन । नीति बनाउने र अनुगमन गर्ने हो ।

पूर्व सोभियतकालीन समयमा निजी क्षेत्रको भूमिका गौण हुँदा सरकार आफै उत्पादक हुन्थ्यो, अनि आफै बजारीकरण गर्ने गर्थ्यो। तर आज कम्युनिस्ट चीन पनि नियन्त्रित नै सहि निजीक्षेत्रको भूमिकामा विश्वास गर्दछ । संसारकै ठूलो अर्थतन्त्र बन्न चीन सरकारले पनि आफैं उद्योग चलाउँदैन, बरु निजी क्षेत्रलाई अगाडि बढ्न सहजीकरण गर्छ ।

किनकि उत्पादन तथा बजारीकरण गर्न सहज हुने नीति सरकारले बनाएपछि निजीक्षेत्रले आफैं उत्पादन गर्दछ, बजारीकरण गर्दछ, नाफा कमाउँछ, अनि सरकारलाई कर तिर्छ ।

कर तिर्ने उद्यम तथा उद्यमीलाई सहजीकरण गर्ने तथा सुरक्षा उपलब्ध गराउने काम मात्रै सरकारको हो । राज्यको नियन्त्रण र प्रत्यक्ष हस्तक्षेपबिना आर्थिक गतिविधिमा निजी क्षेत्रको सहभागिता वृद्धि गर्दै अगाडि बढ्ने आर्थिक नीति नै उदारीकरण हो ।

मुलुक समुन्नत हुन अर्थतन्त्र चलायमान हुनुपर्छ । अर्थतन्त्र चलायमान बनाउन उद्यमीलाई प्रोत्साहन गर्नुपर्दछ । उपलब्ध श्रोत र साधनको प्रयोग गरेर निजी क्षेत्रले सरकारले भन्दा बढि र राम्रो उत्पादन तथा बजारीकरण गर्न सक्छ भन्ने विश्वास उदारीकरणमा गरिन्छ । विश्वभर भएको पनि त्यहि हो ।

आर्थिक उदारीकरणकै कारण आज नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५५ प्रतिशत रहेको छ भने रोजगारी सिर्जनामा ८५.६ प्रतिशत रहेको नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को एक अध्ययनले देखाएको छ ।

त्यसैले, विजयकुमार साह वा सिद्धार्थ राणाजस्ता उद्यमीले आफनो उद्यम गर्छन्, रोजगारी प्रदान गर्छन्, अनि कमाएको नाफामा गर्वका साथ सरकारलाई कर तिर्छन् । उद्यमीहरुले ब्यवसाय गरेर कमाएको नाफाबाट तिरेको करका कारण सरकारले आज १० खर्ब हाराहारी राजश्व उठाउन सक्ने क्षमता बनाएको छ । अन्यथा २०४७ सालमा ९ अर्ब २८ करोड रुपैयाँ राजस्व मात्र उठ्थ्यो । यो सबै संभव भएको उदारीकरणको नीतिले नै हो । जसअन्तर्गत राजस्व प्रशासनमा पनि सुधार गरिएको थियो ।

गिरिजा प्रसाद कोइरालाको राजनीतिक जीवनको सुरुवात नै २००३ सालमा विराटनगर जुटमिलमा भएको आन्दोलबाट भएर पनि होला निजी क्षेत्रसँग उनी सधैं नजिक रहे । किनकि उनले उद्योग र मजदुर दुबै देखेका थिए । उद्योग चलाउन सहज भए मजदुर पनि इज्जतदार जीवन बाँच्न सक्छ भन्ने उनलाई थाहा थियो ।

तर, पछिल्ला सरकारहरुले दोस्रो चरणको आर्थिक सुधार गर्नुको सट्टा पश्चगामी नीति लिएका कारण नेपालमा ब्यवसायमैत्री वातावरण नभएको तथा आफनो भूमिका खुम्च्याइएको निजी क्षेत्रको बुझाइ छ ।

पाँच-पाँच पटकसम्म प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालालाई विभिन्न कालखण्डमा विभिन्न आरोप पनि नलागेको होइन । उनलाई देवत्वकरण गर्न पनि आवश्यक छैन । तर, २०६६ चैत्र ७ गते शनिबार ८५ वर्षको उमेरमा मृत्यु हुँदासम्म पनि कोइराला न्याय र प्रजातान्त्रिक अधिकारको लागि अविचलित र अडिग नै रहे ।

कोइरालालाई ‘क्रान्तिदेखि शान्तिसम्म’का नायक, आर्थिक उदारीकरणका नायक वा प्रजातन्त्रको लडाईका नायक जे-जे भने पनि उनले राणा शासनविरुद्ध, पञ्चायतविरुद्ध तथा राजा ज्ञानेन्द्रको सरकारविरुद्ध तीन-तीन वटा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरे ।

२०४६ सालदेखि २०६६ सालसम्मकोे दुई दशक नेपालको राजनीति आफ्नै वरिपरि घुमाउन सफल कोइराला नेपाललाई द्वन्द्वबाट बाहिर निकाल्न तथा शान्ती स्थापना गर्न १२ बुँदे सम्झौतामार्फत जोखिम लिन पनि तयार भए । जसका लागि आज पनि नेपाली समाजको एउटा तप्का उनलाई गाली नै गर्दछ ।

नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइरालाले जति कालो झण्डा, गाली र विरोधको सामना जीवनकालभरि सायदै कुनै नेताले गरे होलान् । तर, पनि उनले सहमति, सहकार्य र एकता भन्न छोडेनन् ।

आफूले हारे पनि मुलुकले जित्नुपर्छ भन्ने दर्शनबाट प्रेरित कोइरालाले आफ्नो विरोध गर्ने र कालो झण्डा देखाउने प्रवृत्तिलाई आफैंले लडेर प्राप्त गरेको प्रजातन्त्रको उपलब्धिको रुपमा लिएको कुरा ‘आफ्नै कुरा’ पुस्तकमा उल्लेख छ ।

त्यसैले पनि आज उनको जन्म शताब्दीमा गिरिजाप्रसाद कोइराला सम्झन योग्य छन् ।