Tuesday, September 6, 2022

१५५ कम्पनी सूचीबाट हटे

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १ सय ५५ कम्पनी सूचीबाट हटेका छन् । नेप्सेले मर्जर तथा प्राप्तिमा गएका तथा सूचीकरण शुल्क नबुझाई लामो समय कारोबारमा नआएका कम्पनीहरुलाई सूचीकरणबाट हटाएको (डिलिस्ट गरेको) हो ।

‘डिलिस्टिङ’ भएका १ सय ५५ कम्पनीहरुमा ६ वटा वाणिज्य बैंक, ८० वटा विकास बैंक, ५५ वटा फाइनान्स कम्पनी, ७ वटा लघुवित्त, ३ वटा उत्पादन तथा प्रशोधन समूहतर्फका कम्पनी, एउटा निर्जीवन बिमा कम्पनी, एउटा हाइड्रोपावर कम्पनी, एउटा व्यापार कम्पनी र एउटा अन्य समूहका कम्पनी छन् । सूचीकरणबाट हटेका अधिकांश मर्जर तथा प्राप्ति भएर अस्तित्वमा नरहेका बैंक तथा वित्तीय संस्थाहरु छन् भने त्यसबाहेक लामो समयदेखि सञ्चालनमा नरहेका, राज्यलाई कर नबुझाउने र नेप्सेमा समेत कुनै अपडेट नगराउने उत्पादन तथा प्रशोधन समूह, व्यापार समूह र अन्य समूहका कम्पनीहरु पनि सूचीकरणबाट हटाइएको छ ।

No comments: