Showing posts with label reform. Show all posts
Showing posts with label reform. Show all posts

Thursday, February 8, 2024

किन हराउँदै छ उद्योगी व्यवसायीको आत्मविश्वास ?

माओवादी द्वन्द्व कालमा त्रासको वातावरण थियो ।

कतिबेला कहाँ के हुन्छ, टु‌‌गो थिएन । बिहान घरबाट निस्केको मान्छे बेलुका घर आउँछ कि आउन्न भन्ने ठेगान थिएन ।

उद्योगी ब्यवसायीको त झन् कुरै भएन, कति बेला कुन उद्योगमा बम पड्कन्थ्यो वा तत्कालीन माओवादीले मजदुरलाई कतिबेला उद्योग बन्द गराउन दबाब दिन्थ्यो, सब त्राहिमाम् थिए ।

काठमाडौंबाट घर हिँडेका बस अनि यात्रु कतिदिनमा पुग्थे वा पुग्दै पुग्दैनथे, ठेगान थिएन ।

यस्तो भय र त्रासको वातावरणमा पनि अर्थतन्त्र भने नकारात्मक हुन पाएन । किनकि उद्योगी व्यवसायीमा त्रास त थियो तर आशा पनि जीवितै थियो, यी सबै राजनीतिक समस्या एकदिन समाधान हुन्छन् भन्ने ।

२०५२ बाट सुरु भएको नेपालको आन्तरिक द्वन्द्वमा एक दशकपछि २०६२ मा आएर पूर्णविराम लाग्यो । सात दशकदेखिको एउटा राजनीतिक लडाइले बिट मार्यो ।

नेपाल संघीय गणतन्त्रको युगमा प्रवेश गर्यो । भलै, संघीय गणतन्त्रको संविधान जारी हुन फेरि अर्को एक दशक नै लाग्यो । अस्थीरता, अन्यौलता र अनिश्चयकाबीच नेपालले नयाँ संविधान पायो ।

राजनीतिक दलहरुले अब राजनीतिक क्रान्ति सकिएको र अब आर्थिक क्रान्ति गर्ने बताउँदा यस्तो लाग्थ्यो, अब नेपालले काँचुली फेर्ने छ, नयाँ नेपालको नारा सार्थक हुने छ ।

पहाडदेखि तराइसम्म कलकारखान खुल्नेछन्, युवाहरुले आफ्नो पौरख मातृभुमिमा नै देखाउनेछन् । अब, नेपाल कायापलट हुन एक दशक पनि लाग्दैन । किनकि अब अस्थीरता, अन्यौलता र अनिश्चयका कुनै पनि बादल नेपाली आकाशमा बाँकि थिएनन् ।

तर, त्यो मृग मरिचिका रहेछ ।

नेपालको प्रमुख उद्यम र उद्योग नै राजनीति भएका कारण विसं २०५२ देखि २०६२ र २०६२ देखि २०७२ भन्दा अनिश्चय, अन्यौलता अनि अस्थीरता त २०७२ देखि २०८२को दशकमा देखिएको छ

संघीय गणतन्त्र नेपालको संविधान जारी भएकै अर्को एक दशक बित्न लाग्यो, आशाका कुनै किरण देखिएका छैनन् ।

एकथरीका हातबाट सत्ता गयो, अर्कोथरीका दिन आए, ब्यवस्था परिवर्तन भयो, नेपाली नागरिकको अवस्था परिवर्तन भएन, मुलतः आर्थिक क्रान्तिको सपना केबल सपनामै रह्यो, सधैं सधैं राजनीति नै हाबी भैरह्यो ।

हुनत संविधान लेख्ने क्रममा नै पनि बहस भएको हो । तर, अपुरो बहसको कुनै सार्थक परिणाम निस्कने कुनै आधार थिएन र निस्केन पनि ।

नेपालको संविधान २०७२ सम्झौताको दस्तावेज भएका कारण संविधानमा समाजवादउन्मुख अर्थतन्त्र लेखिए पनि केहि हुँदैन, राजनीतिक दलहरुले भने, हामीले पत्यायौं ।

हुनत त्यतिबेलै पनि नागरिक समाजको अगाडि एउटा, विकास साझेदारका अगाडि अर्को अनि आफ्ना कार्याकर्ताको अगाडि झन् अर्को ब्याख्या गरेको नदेखेको, नुसुनेको होइन । तर इमानदार नेपाली नागरिकले राजनीतिक दलले भनेका कुरा हुबहु पत्यायौं ।

त्यसैले आज सबैमा चरम निराशा छ । माओवादीद्वारा सिर्जित आन्तरिक द्वन्द्वकालमा पनि यति अनिश्चितता थिएन, त्यति अनिश्चयको शिकार भएको छ, नेपाली समाज । अनि उद्योगी व्यावसायी पनि यहि समाजकै हिस्सा हुन्, अनिश्चयको शिकार उनीहरु पनि नहुने कुरै भएन ।

युवा आफ्नो भविष्य नेपालमा नदेखेर छिटोभन्दा छिटो नेपाल छोड्न चाहन्छन् । युवा जनशक्ति नभएपछि उद्योग व्यवसायमा पनि मानव संशाधनको अभाव हुने नै भयो । त्यतिमात्र होइन उत्पादन खपत गर्ने उपभोक्ता युवापुस्ता नभएका कारण आयात पनि घट्न थालेको छ । आयात घट्दा स्वाभाविक नै हो, सरकारको राजस्वमा पनि धक्का पुगेको छ ।

आखिर किन यो चरम निराशाको वातावरण बनिरहेका छ त ?

किनकि बहुसंख्यक नेपालीले हरेकपल्ट धोका पाएको महसुस गरेका छन् । राजनीतिक दल तथा तिनका नेतृत्वमा आफ्ना कार्यकर्ता पोस्ने अनि आफनाे ब्यवस्था गर्ने बाहेक मुलुकमा रोजगारी सिर्जना गर्ने वा काम गरि खाने वातावरण बनाउने, मुलुकको ब्यवस्था बदल्ने कुनै चेष्टा देखिन्न ।

एउटा उदाहरण हेरौं, पासपोर्ट बनाउन जाँदा, १५ हजार तिर्यो भने भोलिपल्टै पासपोर्ट पाइन्छ तर स्वदेशमा नै काम गर्छु, उद्योगधन्दा गर्छुभन्दा अनावश्यक दु:ख, झन्झट पाइन्छ । त्यतिमात्रै कहाँ हो र, पहिल्यै घुस नखुवाइ कम्पनी दर्ता पनि हुँदैन ।

यसरी सरकारले नै विदेश जान युवालाई धकेल्ने (अर्थशास्त्रको भाषामा राज्य नियोजित पुस फ्याक्टर) राज्यको नीति तथा ब्यबहारका कारण मुलुकको अर्थतन्त्रले ठूलो घाटा उठाउनु परेको छ । जो नेपालमा बसिरहेका छन्, केहि गर्छु भन्छन्, उनीहरुमा आत्मविश्वास जगाउन सरकारले केहि गर्दैन ।

हुनत नेपाली नागरिकले सधैँ धोका पाउँदै आएका हुन् ।

नेपालको इतिहासमा राजनीतिक उतारचढाव लगातार रहिरह्यो । हरेक दशकमा राजनीतिक क्रान्ति भइरहे । राजनीति आवश्यक छ तर, अति राजनीति मुलुकको दीर्घकालीन स्वास्थ्यका लागि हानीकारक छ भन्ने हाम्रा राजनीतिक दल तथा नेतृत्वले बुझेनन्, कहिल्यै बुझ्न प्रयत्न पनि गरेनन् । त्यसैले आर्थिकरुपमा मुलुकलाई अग्रगमनमा लाने इतिहासमा उल्लेख गर्न लायक थोरैमात्र वर्ष होलान्, धेरै त बिर्सन लायक नै रहे ।

यसको अर्थ नेपालमा केहि भएन भन्ने होइन राजनीतिक, सामजिकरुपमा नेपालले धेरै उपलब्धि हासिल गरेको छ । तर, आर्थिकरुपमा नेपाल अगाडि बढ्ने सकेन, किनकि राजनीतिक दलका नेतृत्वमा आर्थिक सचेतना नै देखिएन । नयाँ पुराना सबै राजनीतिक दल नै आफैं उद्योग भए, उद्योग खोल्ने वातावरण बनाउनै दिएनन् ।

नेपालको प्रमुख उद्यम र उद्योग नै राजनीति भएका कारण विसं २०५२ देखि २०६२ र २०६२ देखि २०७२ भन्दा अनिश्चय, अन्यौलता अनि अस्थीरता त २०७२ देखि २०८२को दशकमा देखियो ।

विगतका दुई दशकमा केहि आशा, केहि सपनाले अंकुराउने चेष्टा गरेका थिए तर ८० को दशकमा त सपना देख्न पनि प्रतिबन्ध नै लागेको छ । जब कुनै समाजले सपना देख्दैन, दैख्नै पाउँदैन अनि त्यो समाज कसरी अगाडि बढ्छ ?

नेपाललाई समृद्धि, सुशासन र सभ्य समाजको सपना देख्न बन्देज लगाउँदै गएका कारण नै समाजले आत्मविश्वास गुमाउँदै गएको छ । आत्मविश्वास गुमाउँदै गएको समाजका सबै पेशा व्यवसायले रोज्ने पलायन नै हो । त्यसैले युवा पलायन रोज्दै छन् ।

विसं २०२० देखि ६ दशकको औसत् आर्थिक वृद्धि हेर्ने हो भने स्पष्टरुपमा देख्न सकिन्छ, किन कोहि नेपालमा बस्न चाहँदैन ?

पञ्चायतको कालखण्डको सुरुवाती २०२० को दशकमा करिब २ प्रतिशतको हाराहारमिा आर्थिक वृद्धि भएको थियो । तर, त्यसको ६ दशकपछि गणतन्त्र प्राप्तिपछिको ६० र ७०को दशकको औसत आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारी छ ।

त्यतिमात्र होइन २०२१ सालमा नेपालको प्रतिव्यक्ति आय ६५ अमेरिकी डलर हुँदा कोरियाको १ सय पाँच डलर थियो । राष्ट्रिय तथ्यांक कार्यालयकाअनुसार नेपालको प्रतिव्यक्ति आय हाल १ हजार ४ अमेरिकी डलर छ अर्थात् ५० वर्षमा नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि त भएको छ तर, कोरियाको प्रतिव्यक्ति आम्दानी ३४ हजार डलर पुगेको छ । अनि किन आत्मविश्वास गुमाउँदैन समाजले ।

पञ्चायतको अन्तिम वर्ष तथा २०४६ को आन्दोलनपछि बनेको नेपाली कांग्रेसको सरकारले लिएको उदार अर्थनीतिका कारण २०४७ सालपछि तीन वर्षमा ७१ प्रतिशतले औद्योगिक उत्पादन बढेको देखिन्छ । त्यसपछि २०५९, २०६५ र २०६६ मा सामान्य गिरावट भयो तर समग्रमा सरदर वृद्धिदर २०४६ सालअघिको भन्दा कम रहेन ।

माओवादीद्वारा सिर्जित श्रम समस्या तथा आपूर्तिजन्य अवरोध तथा राजनीतिक अस्थिरता, चर्को लोडसेडिङका बीच पनि त्यसबेला गार्हस्थ उत्पादनमा उद्योगको हिस्सा २०४६ सालअघिको कुनै पनि वर्षभन्दा कम भएन ।

२०५२ सालमा द्वन्द्व सुरु हुनुअघिसम्म नेपालको आर्थिक विकासले गति लिएकै कारण २०४१ देखि २०५० सालसम्मको दशकको औसत आर्थिक वृद्धिदर ५.२ प्रतिशत देखिन्छ । उदारीकरणलाई जति सरापे पनि नेपालको खुला बजारमा आ-आफ्नो क्षमता तथा सीपअनुसारको पेसा व्यवसाय गरेर अर्थिक विकास भएको दशकका रुपमा २०४१/२०५० पर्दछ ।

तर, गणतन्त्र प्राप्तिपछि राजनीतिकरुपमा सबैभन्दा बढी कम्युनिस्टले प्रयोग गर्ने शब्दावली दलाल पुँजीवादबाट राष्ट्रिय पुँजीको विकास कसरी गर्ने भन्नेबारे नेपालका कुनै पनि कम्युनिस्ट पार्टीमा सामान्य ज्ञान नभएका कारण उनीहरु जानी नजानी दलाल पुँजीवादको विकासमा योगदान पुर्‍याइरहेका छन् । जसका कारण उद्यमशीलतामा नेपालीको विश्वास हराउँदै गएको छ ।

सरकारले उद्योग चलाउने होइन, सरकारले नीति बनाउने हो र निजी क्षेत्रले व्यवासाय गर्ने हो भन्ने चीनलगायत विश्वमा स्थापित र परीक्षित सामान्य अर्थशास्त्रीय चेतलाई चुनौती दिँदा पनि नेपालमा उद्यम र उद्यमशीलता मासिँदै गएको छ ।

२०४६ सालपछिको आर्थिक सुधारले चर्को द्वन्द्वबाट गुज्रिएको नेपाली अर्थतन्त्र धानिरहेको थियो । पहिलो चरणको आर्थिक सुधारले त्यत्रो द्वन्द्वग्रस्त दशकमा त अर्थतन्त्रलाई धानेको थियाे भने दोस्रो चरणको आर्थिक सुधार गर्न किन चाहँदैन सरकार ?

४०को दशकमा लिइएका आर्थिक सुधारले दक्षिण एसियामा नेपाल सबैभन्दा आकर्षक लगानीमैत्री र क्षेत्रीयरूपमै प्रतिस्पर्धात्मक मुलुक रूपमा स्थापित थियो । जसका कारण नेपालको कुल गार्हस्थ उत्पादनको वृद्धिदर ८.४ प्रतिशतसम्म पुगेको थियो । तर, वितेका ६ दशकमा विश्वमा व्यापक परिवर्तन आए । र ती परिवर्तन विश्वमा आर्थिक परिवर्तनका संवाहक बने ।

परम्परागतरुपमा विश्वकै एकमात्र कम्युनिष्ट मुलुक चीनले समेत आर्थिक स्वतन्त्रतामार्फत समृद्धिको सपना देख्न थालिसकेको छ। जसको फलस्वरुप चीनमा करिब ५०० अर्बपति छन् । र चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने दौडमा छ ।

तर, नेपालमा प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो घोषित नीतिअनुरुप नेपाललाई साम्यवादतर्फको यात्रामा लाँदैछन् । त्यसैको पहिलो पाइलास्वरुप उनी निजी क्षेत्रलाई लखेट्दै उद्योग व्यवसाय सरकारको संरक्षणमा ल्याउन कम्मर कसेर लागेका छन् ।

त्यसबाट राजनीतिकरुपमा फाइदा छ, व्यवसायी भागेपछि उद्योग कार्यकर्तालाई सुम्पन पाइन्छ । पञ्चायतकालमा झैं उद्योगमा आफ्ना कार्यकर्ता भर्ना गर्न पाएपछि साम्यवाद आइहाल्छ ।

तर, नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ अनि रोजगारी सिर्जनामा ८५ प्रतिशत छ । निजी क्षेत्रलाई लखेट्दा अर्थतन्त्रको ८१ प्रतिशत हिस्सा पनि लखेटिन्छ ।

हाल नेपालमा सिर्जना भएका हरेक १० रोजगारीमध्ये ९ रोजगारी निजी क्षेत्रले सिर्जना गरेको छ । अर्थात् ती ९ रोजगारी पनि हरिन्छन् । ती वेरोजगार युवा कि खाडीतिर जान्छन् कि राजनीतिक दलका कार्यकर्ता बन्छन् । अलि टाठोबाठोले अर्को राजनीतिक दल खोल्ला । स्वाभाविक हो, राजनीति नै प्रमुख उद्योग भएको देशमा नयाँ राजनीतिक दल अर्थात नयाँ उद्योग ।

तर, साम्यवादतर्फको यात्रामा प्रधानमन्त्री तथा उनको सरकारले नबुझेको कुरा के हो भने, निजी क्षेत्रलाई लखेटेर अर्थतन्त्र चल्दैन । निजी क्षेत्र नभए मुलुकमा रोजगारी पनि सिर्जना हुँदैन । सरकारले निश्चित संख्यामा मात्रै रोजगारी सिर्जना गर्न सक्दछ तर सरकारकाे एउटा सही नीतिले निजी क्षेत्रले असंख्य रोजगारी सिर्जना गर्न सक्दछ ।

विसं २०७२ सालपछि नेपालमा बनेका सरकारका कृयाकलाप हेर्दा मुलुक उल्टो बाटोमा हिँडेको देखिन्छ ।

हाल मुलुकमा रोजगारी नपाएर हरेक दिन १८ सय नेपाली युवा वैदेसिक रोजगारीमा गइरहेका छन् । उनीहरुको लागि मुलकभित्रै रोजगारी सिर्जना गर्न सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न कानूनी तथा प्रशासनिक झन्झट हटाएर सहजीकरण गरिदिनु पर्नेमा उल्टै उद्योग संचालन गर्न तिर लाग्नु नागरिकले तिरेको करको दुरुपयोग गर्नु हो ।

संसारकै ठूलो अर्थतन्त्र बन्न चीन सरकारले आफैं उद्योग चलाएन, बरु निजी क्षेत्रलाई अगाडि बढ्न सहजीकरण गरिदियो ।

चीन जस्तो कम्युनिस्ट मुलुकले त नियन्त्रितरुपमा नै सही निजी क्षेत्रलाई अगाडि बढाएका कारण चीनको अर्थतन्त्र उकालो लागेको छ भने नेपालले उल्टोबाटो हिँडेर समृद्धि प्राप्त गर्ने कुनै आशा छैन, भरोसा छैन, त्यसैले नेपाली समाजले आत्मविश्वास गुमाउँदै छ ।

विसं २०७२ सालपछि नेपालमा बनेका सरकारका कृयाकलाप हेर्दा मुलुक उल्टो बाटोमा हिँडेको देखिन्छ ।

पछिल्लो समय शिक्षा तथा स्वास्थ्यमा पनि निजी क्षेत्रको लगानी आकर्षित भएको थियो । नेपालमा भारतीयको लगानीमा मेडिकल कलेज खुल्दा नेपाली विद्यार्थीले नेपालमै पढ्ने अवसर पाएका थिए, भारतीय विद्यार्थीहरु पनि नेपालमा पढ्न आउन थालेका थिए ।

जसरी नेपाली विद्यार्थी भारत, चीन तथा बंगलादेशलगायत विश्वका विभिन्न मुलुकमा पढ्न गइरहेका छन्, त्यसैगरि विदेशी विद्यार्थी नेपालमा पढ्न आउनु नेपाली अर्थतन्त्रको लागि पनि राम्रो हो । तर, सरकारका अव्यावहारिक नीतिले नेपालभित्रका मेडिकल कलेज बन्द हुने अनि सीमा पारिका कलेज चल्ने स्थिति बनाउन मद्दत गर्यो ।

यसैगरि, सरकारको अस्पष्ट शिक्षा नीतिले निजी विद्यालयका लगानी पनि संकटमा परेका छन् । सरकारले नीति बनाउने हो तर नीति बनाउँदा मुलुकको हितमा बनाउनु पर्ने ठाउँमा नेपाली विद्यार्थीले पञ्चायतककालमा झैं विदेश पढ्न जानु पर्ने परिस्थिति ल्याउँदा सरकार अग्रगमनमा नभइ पश्चगमनतिर लागेको स्पष्ट देखिन्छ । अनि कसरी नेपालको निजी क्षेत्रमा आत्मविश्वास बढ्छ?

प्रधानमन्त्री हेटौंडा कपडा उद्योग तथा विरगन्ज चीनी कारखाना सेनालाई दिएर नेपालमा औद्योगिकीकरणको नयाँ अध्याय सुरु गर्न चाहन्छन् । सायद उनलाई पाकिस्तान र भारतको फरक परिस्थितका बारेमा उनका स्वदेश तथा विदेशमा ज्ञान आर्जेका अनि नागरिकका करबाट तलब खाएका थरि थरिका सल्लाहकारले बताउन भ्याएकै छैनन् होला ।

सरकारले उद्योग चलाउने होइन, सरकारले नीति बनाउने हो र निजी क्षेत्रले व्यवासाय गर्ने हो भन्ने चीनलगायत विश्वमा स्थापित र परीक्षित सामान्य अर्थशास्त्रीय चेतलाई चुनौती दिँदा नेपालमा उद्यम र उद्यमशीलता मासिँदै गएको छ ।

त्यसैले सेनालाई कल कारखाना संचालन गर्न दिने, सामाजिक सञ्जाल नियन्त्रण गर्ने र खुला समाजको दायरा खुम्चाउने क्रान्तिकारी कदमले प्रजातन्त्र नै खतरामा पार्न संघीय गणतन्त्रका लागि भनेर लडेका प्रधानमन्त्रीलाई सुहाउँदैन ।

सन् १९९० दशकमा आएको विश्वव्यापी उदारीकरणको लहरलाई तत्कालीन नेपाली कांग्रेसको सरकारले एक चरणमा उपयोग गर्यो । निश्चय नै त्यसका केहि कमजोरी र समस्याहरु रहे । तर त्यसका कमजोरी र समस्याबाट सिकेर दोस्रो चरणको आर्थिक सुधारलाई अगाडि बढाउन छोडेर सरकारले आफैं उद्योग चलाउने, सेनालाई उद्योग चलाउन दिने जस्ता पपुलिस्ट कामले नेपालको अर्थतन्त्र उँभो लाग्दैन ।

राज्यको काम कानुन बनाउने र नियम कानुनको परिपालना गराउने हो । दोषी भए कानुनअनुरुप कारबाही गर्ने हो । सरकार आफैं कानुन बनाउने अनि आफैंले पसल पनि चलाउने युगबाट आज विश्व धेरै अगाडि बढिसकेको छ ।

अमेरिकी धनाढ्य एलेन मस्कको कम्पनी स्पेश एक्सले सन् २०२२मा लगभग हरेक छ दिनमा एउटा रकेटको दरले कुल ६१ वटा रकेट प्रक्षेपण गरेछ । नेपाल सरकार कडाइका साथ नियमन गर्न छोडेर अझै वस्तु तथा सेवा उत्पादन गरेर बिक्री गर्ने पसल चलाउन खोज्छ ।

त्यसैले नेपालले राजनीतिक चालबाजी होइन, गम्भीर आर्थिक रुपान्तरण खोजेको छ । तत्कालीन राजा महेन्द्रका पालाका कानुन बोकेर संघीय गणतन्त्र चलाउँछु भन्नु आजको युगमा टाइपराइटरले एआईसँग प्रतिस्पर्धा गर्छु भन्नु उस्तै हो ।

तर, सरकारलाई आफ्नो कुर्सी न्यानो भए पुग्छ, मुलुकलाई अग्रगमनमा लान बाधक ऐन कानुन संशोधन गर्नु वा संघीयताका लागि कानुन बनाउनु प्राथमिकतामा पर्दैन । त्यसैले नेपाली समाजले आत्मविश्वास गुमाउँदै छ ।

विश्व तीव्र आर्थिक, सामाजिक विकासका लागि राज्यको कार्यक्षेत्र र भूमिका घटाउने र निजी क्षेत्रको भूमिका बढाउने बाटोमा छ। तर, संघीय गणतन्त्र नेपालको संघीय सरकार र कर्मचारीतन्त्र मुलुकलाई आफ्नो मुठ्ठीमा कस्न चाहन्छ ।

विगतका ६ दशकमा नेपाली अर्थतन्त्रको संरचनामा पनि परिवर्तन आइसकेको छ । नवपरिवर्तनले आर्थिकमात्र नभएर सामाजिक जीवनमा ठूलो परिवर्तन ल्याएको छ । आज कर्णालीका वृद्ध बाबु मोबाइलमार्फत अमोरिकामा छोराको अनुहार हेर्दै ‘कुडा’ गर्छन् ।

तर सरकार भन्छ, अझैं काठमाडौंको मुख ताक, काठमाडौं उठे उठ, बसे बस ! अनि कसरी नेपाली समाजको आत्मविश्वास बढ्छ ?

सोभियतकालीन सोचको उपज राष्ट्रिय योजना आयोगले कर्णालीको योजना बनाउँदा विकास हुँदो रहेनछ भनेर बुझ्न विगतका दशकहरुका आर्थिक विकासका आंकडा र तथ्य बग्रेल्ती छन् तर त्यसलाई खारेज गरिन्न । अनावश्यक संस्था, आयोग र मन्त्रालय घटाएर चुस्त सरकार बनाउन ढिला गरिएका कारण राज्यको स्रोत सबै अनुत्पादक भएका छन् ।

सीमित स्रोत तथा साधन भएपछि त्यसलाई बढीभन्दा बढी उत्पादनमुलक र प्रतिफल आउने स्थानमा खर्च गर्नु बुद्धिमानी हुन्छ । तर, आफ्ना राजनीतिक फाइदाका लागि अनुत्पादक ठाउँमा खर्च गर्दा आज नेपाल ऋण तिर्न पनि ऋण लिनु पर्ने ठाउँमा पुगेको छ ।

विश्वका विभिन्न मुलुकले मात्र नभएर आफनै व्यक्तिगत लगानीमा नै एलेन मस्कजस्ता व्यवसायीले पनि अन्तरिक्षमा पर्यटनको संभावना खोज्दै गर्दा राणाकालमा झैं जागिर खान बालकोट, बूढानीलकण्ठ, खुमलटार, बालुवाटार र सिंहदरबार धाउन परेपछि नेपाली समाजको आत्मविश्वास कसरी बढ्छ ?

समाजको आत्मविश्वास गुमेपछि उद्योगी व्यवसायीलगायत हरेक पेशा व्यवसायको आत्मविश्वास कसरी बढ्छ ? 

यदि सरकारले नागरिकमा आत्मविश्वास जगाउन सक्दैन भने, सरकार किन चाहियो ?

(https://clickmandu.com/2024/02/292437.html)

Friday, September 4, 2020

Finance Minister Dr Yuba Raj Khatiwada puts in paper

 Though, it was necessary as his tenure as the finance minister was coming to an end tomorrow, finance minister Dr Yuba Raj Khatiwada has resigned today.

Khatiwada – who was also looking after the Communication and Information Technology portfolio – today submitted his resignation to Prime Minister KP Sharma Oli. Earlier, Khatiwada on expiration of his tenure as a member of the National Assembly on March 3 had resigned from his post. But, as reappointed as the minister – within 24 hours – for an additional term of six months according to the constitutional provision. Had the government – led by Prime Minister KP Sharma Oli – nominated him in the Upper House within 6 months, he could have continued as the minister. However, the meeting of the ruling party nominated party vice-chair Bam Dev Gautam to the National Assembly, which sent Khatiwada’s chances of reappointment crashing.

After his resignation, Khatiwada took part in a farewell programme organised at the Finance Ministry by the ministry. Khatiwada – addressing the farewell programme – said that he was able to lay a concrete foundation of the economy even during the most difficult days. Saying that the days ahead are challenging due to the effects of Covid-19 pandemic, Khatiwada boosted that he was able to bring significant improvements in revenue during his two-and-a-half year long stint as the finance minister. Khatiwada, who became one of the luckiest finance ministers to bring three consecutive budgets, failed measurably in bringing any reforms in public expenditure, budgetary allocations, economy or federal fiscal policies despite being the most favourite minister – of the almost two-third majority stable government – of Prime Minister Oli. Premier Oli wanted to retain him as finance minister by nominating again as a member of National Assembly but could not as he was forced to give in to the demand of the rival faction within the party to nominate NCP vice chair Bam Dev Gautam. 

A cabinet meeting held at the residence of Prime Minister Oli in Baluwatar today morning decided to recommend the name of Gautam to President Bidya Devi Bhandari for the appointment of a member of the National Assembly. The post was vacant after Khatiwada’s two-year term expired six months ago.

There is only one seat vacant in the National Assembly and the ruling NCP (NCP) yesterday decided to nominate party vice chair Gautam.

Meanwhile, Prime Minister Oli has himself taken the responsibilities of both finance, and information and communications ministries.

Wednesday, October 31, 2018

Nepal slips 5 places, needs to make Doing Business easier: World Bank

Nepal needs to make paying taxes easier by simplifying the process of social security related payments. This is the reason that the recent labour act has made the process more cumbersome and contributed to pushing the country down five places to 110th in a global ranking for the ease of doing business, according to the World Bank Group’s 'Doing Business 2019: Training for Reform report', released today.
According to the annual ranking, Nepal made paying taxes more difficult through a 2017 labour act that introduced a labour gratuity, medical insurance and accident insurance paid by employers in a way that places a larger administrative burden on companies that already face considerable bureaucracy. The labour gratuity is a particular burden as employers must file and pay it manually every month whereas the medical and accident insurance is paid annually.
This has an impact on the number of tax payments and time in hours to comply with tax obligations. As a result, it took companies in Nepal around 39 payments and 353 hours to comply with their fiscal obligations in 2017. This compares unfavourably with the global average of 24 payments and 237 hours.
“Raising revenues for spending on social expenses is needed and possible," said World Bank country manager for Nepal Faris Hadad-Zervos. "It will be critical to find ways to do this that do not overly burden companies with paperwork, taking time and resources away from generating profits to employ workers and spread prosperity," he said, adding that Nepal’s tax authorities are considering the use of an e-filing platform that will need to be rolled out to make compliance easier for businesses. "Similarly, the government is considering the possibility of merging taxes and contributions that are levied on the same tax base."
The government has asked the World Bank to support its immediate priority of simplifying process for businesses in the coming period. "We view this as a very positive step forward and stand ready to support these critical reforms as part of government new vision of crowding in the private sector,” he added.
Nepal ranks 158th for paying taxes in the Doing Business ranking out of 190 countries and this is its lowest ranking among the 10 indicators. Aside from paying taxes, Nepal also ranks low in other indicators for the ease of doing business, including enforcing contracts (154), dealing with construction permits (148), and getting electricity (137).
Nepal’s performance contrasts with the rest of South Asia, where a total of 19 business reforms were carried out in the region during the past year, the second highest ever, compared with previous year’s revised record of 21 reforms.