Saturday, July 16, 2022

आर्थिक वर्ष २०७८-०७९ : एकै वर्ष सेयर बजारमा धेरै उतारचढाव

आर्थिक वर्ष २०७८-०७९ को अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४७ बिन्दुमा पुगेर बन्द भएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७-०७८ मा २८८३.३८ विन्दुमा अन्तिम कारोबार गरेको सेयर बजार आर्थिक वर्ष २०७८-०७९ मा ३०.३१ प्रतिशतले घटेर २००९.४६ मा बन्द भएको छ । २०७८ भदौमा ऐतिहासिक उच्च बिन्दुमा पुगेको सेयर बजार परिसूचक बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य तरलताको दबाब परेसंगै घट्न थालेका हुन् । 

लगानीर्ताहरु भने मौद्कि नीतिका कारण सेयर बजार घटेको बताउँछन् । मौद्कि नीतिले ४, १२ को नीति लिनु, सीसीडि रेसियोलाई सीडि रेसियोमा परिवर्तन गर्नु तथा रिस्क वेटेज उभरेज पनि १०० बाट १५० बनाउनुका कारण सेयर बजार घटेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । सीसीडि रेसियोलाई सीडि रेसियोमा परिवर्तन गर्दा बैक तथा वित्तीइ संस्थाहरुसंग लगानीयोग्य तरलता सुकेका कारण पनि बजारमा सिचाइ हुन नसकेको उनको भनाइ छ । साथै, रिस्क वेटेज बढाएर १०० बाट १५० बनाउका कारण पनि सेयर बजारमा लगानीकर्ता हतोत्साहि बनेको उनको भनाइ छ । सेयर भनेको जग्गाजस्तो होइन, सहजै बेच्न सक्छ, त्यसैले हाम्रो बजारमा सेयरको रिस्क वेटेज बढाउन आवश्यक नभएको उनको तर्क छ ।

२०७८ भदौ २ गते ३१९८.६० विन्दुमा पुगेर उच्चतम ऐतिहासिक किर्तीमान राखेको नेप्से परिसूचक २०७९ असार ९ गते १८४८.२८ मा झरेको थियो ।

त्यसैले सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको कमजोरीका कारण पनि बजारमा उतार चढाव आएको लगानीकर्ताहरुको गुनासो छ । छरिएर बसेको पुँजीलाई संकलन गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्ने साधनको रुपमा सेयर बजारलाई प्रोत्साहन गर्नु पर्नेमा नीतिगत अस्थिरता तथा संस्थागत अस्थिरताका कारण पनि सेयर बजारले गहिराई लिन नसकेको लगानीकर्ताहरुको गुनासो छ । 

एक वर्षमा थप १ खर्ब हाराहारीका सेयर सुचीकरणका बावजुद पुजीकरण ४०.११ खर्ब रूपैयाँबाट २८.४७ प्रतिहतले घटेर २८.६९ खर्बमा झरेको छ । 

आर्थिक वर्ष २०७८-०७९ को आन्तिम कारोबार दिन शुक्रवार नेप्सेमा २ घण्टामा २३१ कम्पनीको ४० लाख ५१ हजार कित्ता सेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजारमा खरिदबिक्री भएको थियो । तर, बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम भने घटेको थियो । किनकि बिहीवार  २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । तर, चालु आर्थिक वर्षको कुल २३२ दिन सेयर कारोबारमा २०७८ साउन ३१ गते सबैभन्दा धेरै २१ अर्ब ६४ करोड ७६ लाख बराबरको ऐतिहसिक सेयर कारोबार भएको थियो ।

नेप्सेका अनुसार आर्थिक वर्ष २०७८-०७९ भरीमा कूल ११ खर्ब ७९ अर्ब २६ करोड ८८ लाख ५९ हजार ९९ रुपैयाँको सेयर कारोबार भएको थियो । 

No comments: