Sunday, May 29, 2022

कसको बजेट ?

गणतन्त्रका पाँच वर्षअघि र गणतन्त्रपछिको पाँच वर्षमा अर्थतन्त्रमा खासै परिवर्तन आएको छैन । नागरिकले आर्थिक विकासको अनुभूति गर्न तथा सुशासन एवं आफैंले छानेका प्रतिनिधिमार्फत शासन गर्दा मुलुकको आर्थिक विकास हुन्छ भन्ने आशा गरेका थिए । तर, गणतन्त्रका अघिल्ला पाँच वर्षमा औसत ४.५४ प्रतिशत आर्थिक वृद्धि भएकोमा गणतन्त्रपछिका पाँच वर्षमा पनि औसत ४.४ प्रतिशत नै आर्थिक वृद्धि भएको छ ।

संयोगले गणतन्त्र दिवसकै दिन हरेक वर्ष १५ जेठमा बजेट आउँछ । गणतन्त्रका पाँच वर्षमा नेपाली नागरिकले ६ वटा बजेट देखे । भलै कार्यान्वयनमा भने पाँचवटा मात्रै आएको छ । चालू आर्थिक वर्षको बजेट तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले तथा वर्तमान अर्थमन्त्री जनार्दन शर्माले ल्याएका कारण ५ वटा बजेट भए पनि गणतन्त्रपछिका बजेट कार्यान्वयनको अवस्था हेर्दा गणतन्त्र अघिभन्दा तात्विक भिन्नता छैन । नागरिकमा परम्परागत राजनीतिक दलप्रति चुलिँदो अविश्वासको प्रमुख कारण पनि यही नै हो । नागरिकले महसुस हुने गरी परिवर्तनको अनुभव गर्न पाएका छैनन् । गणतन्त्रको लाभ पाउनबाट चुकेकै कारण पनि नागरिकमा निराशा छ, जुन स्थानीय तहको निर्वाचनको परिणामले पनि देखाएको छ । आइतबार संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले दोस्रो बजेट ल्याए । तर, कसको लागि बजेट ल्याए त ?

पछिल्लो समय मुद्रास्फीति बढेका कारण मध्य आय भएका नागरिकका लागि बजेटमा विशेष केही नभएको वरिष्ठ अर्थविद् प्रा.डा. विश्वम्भर प्याकु¥याल बताउँछन् । सरकारले विश्वमा विविध कारणले बढेको महँगीलाई सरकारी कर्मचारीको तलब बढाएर सम्हाल्ने प्रयास त गरेको छ तर, यसले सामान्य नागरिकलाई असर गर्ने उनको तर्क छ । भारतमा पनि मूल्यवृद्धि भइरहेको तथा रुस तथा युक्रेन युद्धका कारण विश्व आपूर्ति शृंखलामा नकारात्मक असर पनि परेका कारण मूल्यवृद्धि ६ प्रतिशतभित्रै राख्न सरकारलाई कठिन भएको उनको विचार छ ।

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढेका कारण मूल्यवृद्धिलाई त्यसले ढाडस हुने अर्थविद् नरबहादुर थापा बताउँछन् । साथै सरकारले व्यक्ति वा परिवारको आधारभूत जीवन निर्वाह लागतलाई दृष्टिगत गर्दै प्राकृतिक व्यक्ति तथा दम्पत्तिलाई आयकर ऐन, २०५८ ले प्रदान गरेका आयकर छुटको सीमालाई वृद्धि गरी प्राकृतिक व्यक्तिको हकमा ५ लाख र दम्पत्तिको हकमा ६ लाख पु¥याएका कारण पनि मध्यम वर्गीयको जीवन सहज हुने उनको अनुमान छ ।

तर, महँगीलाई तह लगाउन आपूर्ति व्यवस्था सहज बनाउने र निगरानी गर्नुपर्नेमा थापा पनि सहमत छन् । नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति ६० हजारभन्दा कम आय भएका नेपाली निम्न आय वर्गमा पर्छन् । जसको जनसंख्या कूल जनसंख्याको १८ प्रतिशत अर्थात् ५३ लाख छ ।

यस्तै, प्रतिवर्ष प्रतिव्यक्ति ६० हजारभन्दा बढी र ३ लाख २ हजारसम्म आय भएका नेपालीलाई मध्यमवर्गीय नेपाली मानिएको छ । जसमा ४२ प्रतिशत जनसंख्या पर्दछन् । अर्थात् नेपालमा मध्यमवर्गीयको जनसंख्या १ करोड २२ लाख छ । त्यसपछि ३ लाख ३ हजारभन्दा माथि प्रतिवर्ष प्रतिव्यक्ति आय हुने नेपालीलाई सरकारले उच्च आय वर्गमा वर्गीकरण गरेको छ । जसमा ४० प्रतिशत अर्थात् १ करोड १७ लाख जनसंख्या पर्छन् । 

महँगीले निश्चित आय भएका मध्यम वर्गीय १ करोड २२ लाख नेपाली मर्माहत हुँदा बजेटले झन् पीडित बनाएको छ । साथै, स्रोत संकुचन भएका बेला आएको बजेटले सामाजिक सुरक्षामा प्रतिस्पर्धा गर्दै सरकारको दायित्व भने बढाएको छ । राजनीतिक दल तथा सरकारले कसले देशमा बढी दिगो र छिटो विकास गर्ने, गरिबी घटाउने भन्ने प्रतिस्पर्धा गर्नुपर्नेमा कसले कम उमेरमा वृद्धभत्ता दिने भन्ने प्रतिस्पर्धा हँुदै गएको छ । त्यसैले स्रोतको दबाबका बीच सरकारले एकातिर आयकरको सीमा पनि बढाएको छ भने अर्कोतिर वृद्ध भत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६८ वर्ष बनाएको छ ।  


वित्तीय समानीकरण अनुदान

प्रदेश : ६१ अर्ब ४३ करोड

स्थानीय तह : १ खर्ब २३ करोड


सशर्त अनुदान

प्रदेश : ५७ अर्ब १ ७ करोड

स्थानीय तह : १ खर्ब ८३ करोड


समपूरक अनुदान

प्रदेश : ६ अर्ब ३० करोड

स्थानीय तह : ७ अर्ब २७ करोड


विशेष अनुदान

प्रदेश : ४ अर्ब ५६ करोड

स्थानीय तह : ९ अर्ब १४


राजस्व बाँडफाँट

१६३ अर्ब ३ करोड

Thursday, May 26, 2022

भारतले रोक्यो चिनी निर्यात

भारत सरकारले चिनी निर्यातमा रोक लगाएको छ । यसअघि गहुँ निर्यातमा रोक लगाएको भारत सरकारले जुन १ अर्थात बुधबारदेखि चिनी निर्यातमा समेत रोक लगाएको हो ।

भारत सरकारले चिनी निर्यातमा रोक लगाए पनि नेपालमा अभाव नहुने व्यवसायीहरुले बताएका छन् ।

चिनी उत्पादन संघले नेपालका उद्योगी तथा व्यवसायीसँग पर्याप्त मात्रामा चिनीको मौज्दात रहेको भन्दै तत्काल अभाव नहुने जनाएको हो ।

संघका अध्यक्ष शशीकान्त अग्रवाल नेपालका उद्योगसँग हाल पर्याप्त मात्रामा चिनीको मौज्दात रहेको भन्दै अभाव नहुने बताउँछन् ।

उनका अनुुसार नेपालमा वार्षिक २ लाख ७५ हजार मेट्रिक टन चिनीको माग रहेकोमा आधा नेपालकै उत्पादनले पुग्दै आएको छ । नेपालमा १० वटा चिनी उद्योगले चिनी उत्पादन गर्दै आएका छन् ।

स्वदेशी उद्योगले मात्रै वार्षिक १ लाख ३० हजार मेट्रिकटन चिनी उत्पादन गर्ने भन्दै भारतले निर्यातामा रोक लगाउँदा नेपालमा खासै असर नपर्ने उनको भनाई छ ।

संघको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा मात्रै नेपालका चिनी उद्योगले ३ लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन गरेका छन् । स्वदेशी चिनी उत्पादन सँगै चालु आर्थिक वर्षको दश महिनामा नेपालले विभिन्न देशबाट ४ अर्ब ८३ करोड रुपैयाँ बढीको चिनी आयात गरेको छ ।

उत्पादनसँगै आयातीत चिनीको परिमाणमा समेत बृद्धि हुँदा अभाव नहुने व्यवसायीहरुको भनाई छ । नेपालले चालु आर्थिक वर्षको दश महिनाको अवधिमा भारतबाट मात्रै साढे २५ करोड ६५ लाख ३६ हजार रुपैयाँ बराबरको ७६ लाख ९ हजार किलो चिनीको आयात गरेको हो ।


सरकारी कम्पनीसँग छैन चिनी

सरकारी लगानीमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले चिनीको मौज्दात नरहेको जनाएको छ । साल्ट ट्रेडिङ कर्पाेरेशनले बिक्री वितरण गर्दै आएको चिनी लामो समयदेखि बिक्री बन्द भएको जनाएकोे छ ।

‘सरकारले ५० प्रतिशत भन्सार छुटमा चिनी आयातको अनुमति नदिएपछि चिनीको बिक्री वितरण गरेका छैनौँ, स्टक हुँदासम्म वितरण गरिएको थियो, अहिले स्टक सकिएपछि लामो समयदेखि चिनी विक्री नै बन्द छ’, कर्पाेरेशनका एक कर्मचारीले भने ।

चाडपर्वका लागि चिनीको आयात गर्दै आएको खाद्य कम्पनीले समेत चिनीको बिक्री वितरण बन्द गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारले चिनी निर्यातमा रोक लगाउँदा त्यसको असर नेपाली बजारमा देखिने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मी हाल पर्याप्त असर नदेखिएपनि निर्यातमा लामो समय रोक लगाउँदा असर देखिन सक्ने बताउँछन् ।

‘अहिले नेपाली चिनी उद्योगसँग पर्याप्त मौज्दात छ, तत्काल अभाव वा असर देखिदैन, तर भारतले लामो समयसम्म निर्यातमा रोक लगायो भने त्यसको केही असर पर्न सक्ने हाम्रो अनुमान छ’, उनले भने ।

भारतीय सञ्चार माध्यमले मोदी सरकारले चिनी निर्यातमा पूर्ण रोक नलगाए पनि निर्यात सीमा एक करोड टन राखेको जनाएका छन् । चिनी निर्यातमा भारत विश्वको दोस्रो ठूलो देश हो । विश्वमा ब्राजिलले सबैभन्दा धेरै चिनी निर्यात गर्छ ।

भारतबाट सबैभन्दा धेरै चिनी इन्डोनेसिया, अफगानिस्तान, श्रीलंका, बंगलादेश, संयुक्त अरब इमिरेट्स, मलेसिया र अफ्रिकी देशले खरिद गर्दै आएका छन् ।

भारतमा उपभोक्ता मुद्रास्फिती बढेर ७.७९ प्रतिशत पुगेपछि सरकारले गहुँ र चिनी निर्यातमा अल्पकालीन रोक लगाएको हो । भारत सरकारले मुलुकभित्र बढ्दो खाद्य सुरक्षा र महँगीलाई ध्यानमा राख्दै निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

पछिल्लो समय विभिन्न देशमा रुस र युक्रेनबीचको युद्धका कारण विभिन्न वस्तुको मूल्य बढेको छ । हालसालै सार्वजनिक तथ्यांकका अनुसार भारतमा इन्धन र खाद्यान्नको उच्च मूल्यका कारण अप्रिलमा उपभोक्ता मुद्रास्फीति ८ वर्षकै उच्चमा पुगेको देखाएको छ ।

Thursday, May 5, 2022

National Food Laboratory at Raxaul facilitates testing of Nepali products

The National Food Laboratory (NFL) inaugurated today in Raxaul of Bihar state of India on the Nepal-India border is expected to facilitate testing of Nepali foods products.

Minister of Health and Family Welfare, Government of India Dr Mansukh Mandaviya inaugurated the lab, in the presence of minister for Agriculture and Livestock Development Mahendra Rai Yadav, confirmed a press note issued by the Indian Embassy.

The lab at Raxaul, established by Food Safety and Standards Authority of India (FSSAI), is a modern facility equipped with advanced facilities and infrastructure for testing of food samples entering India, the press note reads, adding that it will support enhanced bilateral trade between India and Nepal by reducing the time taken for testing samples of food and agricultural exports of Nepal which currently need to be sent to Delhi or Kolkata for testing. “The creation of an upgraded laboratory at Raxaul was a longstanding request of Nepal’s exporters which now stands fulfilled.”

The NFL is yet another reflection of India’s commitment to improve connectivity, trade and border infrastructure with Nepal as part of its ‘Neighbourhood First’ policy, the press note adds.