राजनीतिक अस्थिरता, पूर्वाधारको अभाव, भ्रष्टाचार, असक्षम कर्मचारीतन्त्र तथा नीतिगत अस्थिरताका कारण व्यवसाय गर्ने वातावरण बिग्रँदै गएकोले नेपालले आफनो प्रतिस्पर्धी क्षमता गुमाउँदै गएको छ ।
वल्र्ड एकोनोमिक फोरमद्वारा हालै सार्वजनिक विश्वको प्रतिस्पर्धी क्षमता २०१६ का अनुसार नेपाल गत वर्षभन्दा सूचकांकमा एक तह माथि उक्ले पनि दक्षिण एसियाको तेस्रो प्रतिस्पर्धी अर्थतन्त्रबाट तल झरेर चौथो हुन पुगेको छ ।
निरन्तरको राजनीतिक संक्रमण तथा औद्योगिक असुरक्षा तथा ऊर्जाजस्ता अत्यावश्यक पूर्वाधार अभावले पनि नेपालको प्रतिस्पर्धी क्षमतामा ह्रास आएको हो । गत वर्षको प्रतिवेदन अनुसार नेपालको दक्षिण एसियामा भारत तथा श्रीलंकापछि प्रतिस्पर्धी अर्थतन्त्र रहेकोमा यस वर्ष भुटानले उछिनेको हो । विश्वको प्रतिस्पर्धी क्षमता २०१६ को सूचकांक अनुसार दक्षिण एसियामा भारत ३९औं स्थानमा, श्रीलंका ७१औं स्थानमा र भुटान ९७औं स्थानमा रहेका छन् । नेपाल भने १३८ राष्ट्रको सूचीमा ३.८७ अंकका साथ ९८औं स्थानमा छ । नेपालभन्दा पछाडि बंगलादेश १०६ स्थानमा र पाकिस्तान १२२ स्थानमा छन् ।
विश्वको प्रतिस्पर्धी क्षमता २०१५ मा नेपाल १४० राष्ट्रको सूचीमा १००औं स्थानमा थियो । सूचकांकको आधारमा नेपाल एक स्थान उक्ले पनि दक्षिण एसियाका अन्य देशको दाँजोमा प्रतिस्पर्धि क्षमता भने गुमाउँदै गएको हो ।
पछिल्ला सरकारहरु आर्थिक मुद्दामा भन्दा राजनीतिक मुद्दामा बढी केन्द्रित हुनु, संविधानसभाबाट संविधान जारी भएपछि आर्थिक क्रान्तिको पालो भने तापनि अझै राजनीतिक संक्रमणकाल लम्बिनु तथा आर्थिक सुधारको दोस्रो चरणले अपेक्षा गरेअनुरुप गति लिन नसक्नुले पनि नेपालको प्रतिस्पर्धी क्षमता घटेको हो ।
यति हुँदाहुँदै पनि, प्रतिवेदनका अनुसार, नेपाल दक्षिण एसियामै सबैभन्दा राम्रो बृहत आर्थिक वातावरण भएको देशमा पर्छ । त्यस्तै, स्वास्थ्य तथा प्राथमिक शिक्षामा पनि नेपाल दोस्रो उत्कृष्ट छ ।
‘तर, पूर्वाधारको विषयमा भने नेपाल अत्यन्त नाजुक रहेको प्रतिवेदनले जनाएको छ । नेपालमा पूर्वाधारको गुणस्तर खस्केको छ,’ प्रतिवेदन भन्छ ।
प्रत्येक वर्ष वल्र्ड एकोनोमिक फोरमद्वारा सार्वजनिक गरिने विश्वको प्रतिस्पर्धी क्षमता सूचकांक आधारभूत आवश्यकता, सक्षमता अभिवृद्धि तथा नविन खोज र विकास जस्ता ३ प्रमुख सूचकका आधारमा तयार गरिन्छ ।
यस वर्षको प्रतिवेदन अनुसार नेपाल आधारभूत आवश्यकता र सक्षमता अभिवृद्धि दुवै सूचकमा ९८औं स्थानमा र नविन खोज र विकासको सूचकमा अत्यन्त कमजोर अर्थात १२७औं स्थानमा छ ।
यी ३ सूचक अन्तर्गत पनि विश्वको प्रतिस्पर्धी क्षमता सूचकांकले १२ वटा आधारशिलाका आधारमा प्रत्येक देशको प्रतिस्पर्धी क्षमता मापन गछ । आधारभूत आवश्यकता अन्तर्गत संस्था, पूर्वाधार, बृहत् आर्थिक वातावरण तथा, स्वास्थ्य तथा प्राथमिक शिक्षा पर्छन् । यस्तै, सक्षमता अभिवृद्धि सूचकअन्तर्गत उच्च शिक्षा तथा तालिम, वस्तु बजारको क्षमता, श्रम बजारको क्षमता, वित्त बजार विकास, प्राविधिक रुपमा तयारी र बजारको आकारका आधारमा कुनै पनि देशको अर्थतन्त्रको प्रतिस्पर्धी क्षमता मापन गरिन्छ । माथि उल्लेखित आधारमध्ये यस सूचकअन्तर्गत वित्त बजार विकासबाहेक अन्य उच्च शिक्षा तथा तालिम, वस्तु बजारको क्षमता, श्रम बजारको क्षमता, प्राविधिक रुपमा तयारी तथा बजारको आकारमा नेपालको स्थिति त्यत्ति राम्रो छैन ।
तेस्रो नविन खोज र विकास सूचकले कुनै पनि देश विकासको क्रममा अगाडि बढेपछि मात्र महŒव राख्दछ । नेपालजस्ता अर्थतन्त्रको लागि यो सूचकको खासै महत्व छैन किनकि अर्थतन्त्र सबल हुदै जाँदामात्र नविन खोज, अनुसन्धान तथा विकासको अर्थ रहन्छ ।
विश्व प्रतिस्पर्धी क्षमता सूचकांक २०१५ मा १४० देशमध्ये १००औं रहेको नेपाल त्यसभन्दा अघिल्लो वर्ष १४४ देशमध्ये १०२औं स्थानमा थियो । प्रतिवेदनले स्विजरल्यान्डमा संसारको सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्र रहेको जनाएको छ । सिंगापुर दोस्रो तथा अमेरिका तेस्रो सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्र भएका देश हुन् ।
अर्थतन्त्र प्रतिस्पर्धी भएपछि विदेशी लगानीकर्ताको आकर्षण बढ्नुका साथै देशको आर्थिक स्तर पनि बढ्ने प्रतिवेदनले जनाएको छ ।

No comments:
Post a Comment